महेन्द्रनगरमा पहिलो पटक ठूलो धनराशीको वडा स्तरीय फुटवल प्रतियोगिता हुदै

महेन्द्रनगर १० कार्तिक । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक ठुलो धनराशीको वडा कप फुटबल प्रतियोगिता सुरू हुदैछ। यहि कार्तिक ११ गते आईतबार देखि शुरु हुने फुटबल प्रतियोगिता गोर्खाज स्पोर्ट क्लबले भीमदत्त नगरपालिकाको खुल्ला मञ्चमा सञ्चालन गर्न लागेको हो ।

अल्फा स्टोरको मुख्य प्रायोजकमा पहिलो पटक वडा स्तरीय फुटवल कप प्रतियोगितामा पहिलो बिजयी टिमलाई १ लाख ११ हजार १ सय ११/– र दोस्रो हुने टिमलाई ५५ हजार ५ सय ५५/– नगद धनराशि, कप र मेडल पुरस्कार राखिएको छ ।

खेल संयोजक राज प्रताप सिह र उप संयोजनमा शुभम् चन्द रहेका छन । उक्त खेलमा बेदकोट नगरपालिकाबाट ४ टिम , बेलडाँडी गाउँपालिकाबाट ४ टिम , दोधारा नगरपालिकाबाट १ टिम, भिमदत्त नगरपालिकाबाट १० टिम गरी जम्मा १९ टिम सहभागी रहेका छन ।

उदघाटन खेल बेलडाँडी–०५ र भीमदत्त–०६ बिच हुने उप संयोजक शुभम चन्दले बताउनु भएको छ । खेलको टाईसिट तलको तालिका अनुसार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित