माधब पौडेल,११कार्तिक। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा क्षेत्र नम्बर १ स्तरिय उग्रतारा बि.बि.सी ब्याडमिन्टन प्रतियोगिताको उपाधि थलकेदार फार्मेसीले जितेको छ।
प्रतियोगिताको द्वितीय स्थानमा उग्रतारा बाल विद्यालय र तृतीय स्थानमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती भएका छन।जसमध्ये थलकेदार फार्मेसीबाट रजनिश भण्डारी,महेश भट्ट, उग्रतारा बाल विद्यालयबाट जीवन भण्डारी,शिबु सुवेदी र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट शिव प्रसाद तामाङ र छत्र बहादुर साउँद रहनुभएको थियो।प्रतियोगितामा प्रथम हुने थलकेदार फार्मेसीले नगद ३३ हजार ३ सय ३३रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र,उग्रतारा बाल विद्यालयले नगद रु २२हजार २ सय २२रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई नगद ११हजार १सय ११ रुपैयाँ र ट्रफी मेडल सहितप्रमाणपत्र प्रदान गरिएको अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो।
आइतबार सम्पन्न कार्यक्रमको सभापतिमा बेलौरी ब्याडमिन्टन क्लबका अध्यक्ष अशोक श्रेष्ठ प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, विशिष्ट अतिथिमा नेपाल विद्युत प्राधिकरण बेलौरीका प्रमुख टंकराज गिरी,सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्मका गुल्मपति सन्दिप अर्याल, निसर्ग हस्पीटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थराज पन्त,अतिथिमा राष्ट्रिय बाणिज्य बैंक बेलौरी प्रमुख टीकाराम बुढा, कृषि विकास बैंक बेलौरीका प्रमुख दीपक कुँवर,महालक्ष्मी विकास बैंकका शाखा प्रमुख हेम बहादुर बोहरा,महाकाली माध्यामिक विद्यालय विद्यानगरका प्रधानाध्यापक रमेश सिंह भण्डारी, इलाका प्रहरी कार्यालय बेलौरीका नायव निरीक्षक देव बहादुर बुडाल,श्रीपुर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष गोविन्द प्रसाद सापकोटा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक,समाजसेवी,बुद्धिजीवी खेलकुदप्रेमी,स्थानिय संचारकर्मीको उपस्थिति रहेको छ।
कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष अर्जुन ढकालले खेलकुदका लागि बेलौरी नगरपालिका र वडा कार्यालयले सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने समेत बताउनुभयो।क्षेत्र नम्बर १ स्तरिय ब्याडमिन्टन प्रतियोगितामा २४ टिमको सहभागीता रहेको बेलौरी क्लबका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगिता बेलौरी नगरपालिका वडा नम्बर ४ को उग्रतारा बाल विद्यालयको ब्याडमिन्टन हलमा सञ्चालन भएको छ।प्रतियोगितामा सहयोगी दाता, निर्णायक,स्थानिय सञ्चार माध्यमलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।कार्यक्रमको सहजीकरण उग्रतारा बाल विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले गर्नुभएको थियो।
Discussion about this post