केशब भट्ट,१२ कार्तिक, कंचनपुर । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन संचालन तथा सेवाको सर्त सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक माथिको राय सुझाव संकलन सुरु गरिएको छ।
सुदुरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवान सिंह बिष्ट नेतृत्वको टिमले प्रदेशका पहाडी जिल्लामा राय सुझाव संकलन गरेको हो।
प्रदेश विधायन तथा प्रदेश मामिला समितिले कार्तिक ९ गतेदेखी १२ गतेसम्म सुझाव संकलन गरेको हो।
बझाङको केदारस्यु गाउँपालिका, जयपृथ्बी नगपालिका र डडेल्धुराको अमरगढी नगरपालिका सुझाव संकलन गरिएको समितिका सभापति दिवान सिंह बिष्टले बताए।
अन्य स्थानीय तहमा तिहारपछि सुझाब संकलन गरिने समितीका सभापति बिष्टले बताए। विधायन तथा प्रदेश मामिला समिति सभापति बिष्ट कानुन निर्माणमा सक्रिय रहेका छन।
सुझाव संकलनमा सभापति बिष्ट सहित समितिका सदस्यहरु प्रकाश रावल, दमन बहादुर भण्डारी, लक्ष्मी बिक, जानकी ऐर बम र इन्दिरा गिरि रहेका थिए।
Discussion about this post