नेकपा एमाले बेलडाँडीले मंसिर ४ लाई लक्षित गर्दै आज देखि शुरु गर्यो वडा बैठक

बेलडाँडी,
आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै बेलडाँडी नेकपा एमालेले चुनाव लक्षित वडा बैठकहरु आजदेखि शुरु गर्ने भएको छ ।
स्थानीय चुनावमा हारबाट बाठ सिक्दै बेलडाँडी यस पटक बेलडाँडीबाट प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारलाई बहुमत दिलाउने तयारीका साथ एमाले बेलडाँडी एकजुट भई चुनावी मैदानमा होम्मिएको बेलडाँडी प्रचार प्रसार संयोजक अक्कल बहादुर बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार हामीले स्थानीय चुनावमा भोग्नु परेको पराजयले हामीलाई ठुलो पाठ सिकाएको बताउदै समिक्षा गर्दै अघि बढेको जनाए । लामो समय देखि बेलडाँडीमा एमालेको विरासत रहेको र स्थानीय चुनावमा तालमेल नमिल्नुले हार बेर्होनु परेको बिष्टले बताए । बेलडाँडीको नामोनिसान मेटाउन खोज्नेहरु अहिले चुनावमा बिरालो शैलीमा भोट माग्न आएको बताउदै यस्तालाई जनताले पाखा लगाउनु पर्नेमा जोड दिए ।

बेलडाँडीलाई बेलौरीमा गाभ्नु पर्छ भन्दै केही नेताले आफ्नो स्वार्थका लागि योजना बनाएको र यस्तो सडयन्त्रकारी योजना आफुहरुले विफल पारिदिए पछि हाम्रा अहिलेका प्रदेश उम्मेदवारलाई बेलडाँडी प्रवेश निषेध गरेको पिडा सुनाउनु भयो । बेलडाँडी छुट्टै स्थानीय तह हुनुपर्छ भन्दै बेलौरीका पल्लब राज भट्ट र हरेन्द्र बिष्टलाई बेलडाँडी प्रवेशमा निषेध गरिएको थियो । भट्टले बेलडाँडीलाई बेलौरीमा ल्याउनु हुन्न भनेपछि उहाँलाई ती नेताले बेलडाँडी प्रवेशमा रोक लगाउन लगाइएको थियो । ती सडयन्त्रकारी नेताले बेलडाँडी भन्ने नामोनिशान मेटाउन खोजेका थिए तर त्यसो हामीले हुन दिएनौं ।

आज बेलडाँडी छुट्टै स्थानीय तह भएपछि हामी विकासवादी नेता हुँ भन्दै हिड्नेलाई कतै लाज नभएको बिष्टले बताए । बेलौरीको २ वा ३ वडामा खुम्चिने ठाउँमा आज यत्रो बजेट बेलडाँडी विकासका लागि आउने थिएन यो जनताले बुझ्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित