भीमदत्त नगरद्वारा श्रम बजार पहुँच बृद्धी गर्न सरोकारवालासंग छलफल

कञ्चनपुर, कार्तिक १३ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच बृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ ।
मंगलबार भीमदत्त नगरपालिका स्थानीय सरकारले श्रम बजारमा श्रमिककोे पहुँच बृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको हो ।

भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकको सचिवालयका अनुसार नगरपालिकाकै हलमा सरोकावालासंग श्रम डेस्क संचालक सम्बन्धीत कार्यबिधी ०८०को पहिलो संशोधन ०८१अनुसार निर्माण गरिएको कार्यबिधी कार्यान्वनय गर्दै श्रम बजारमा श्रमिककोे पहुँच बृद्धि गर्ने रहेको छ । कार्यक्रममा सरोकारवालाले रोजगारदाता र श्रमिकविचको सम्बन्ध थप विस्तारमा जोडदिएका छन ।

प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम सङ्ग सम्बन्धित शिक्षण सस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गरि दक्ष जनशक्ति उत्पादन गर्नका लागि ईन कम्पनी टेनरबाट कक्षा सन्चालन सिटिभिटीबाट उत्पादित जनशक्ति तथ्यांक अद्यावधिक गरि श्रम बजार सङ्ग पहुचमा वृद्धि गर्ने उद्देश्यले नीति निर्माण गर्न शिक्षण सस्था र रोजगार दाता बिच असल श्रम सीप र शिक्षा सम्बन्धी छलफल गरिएको छ ।

भीमदत्त नगरका उपप्रमुख निलम लेखकको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरका नगर प्रमुख पदम बोगटी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम , नगर प्रबक्ता पदम राज अबस्थी सामाजिक संयोजक सुशील भट्ट लगायत सम्बन्धित प्राबिधिक शैक्षिक सस्था ,उद्योग व्यबसाय सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित