महेन्द्रनगरमा जारी प्रथम वडाकप फुटबल प्रतियोगिताको उपाधिका लागि बेलडाँडीकै दुबै टिम भोलि भिड्दै

विकास महता/बेलडाँडी, २० कार्तिक । जिल्लाको सदरमुकाम भीमदत्त नगरपालिका स्थित खुलामञ्चमा सञ्चालन भएको प्रथम वडाकप फुटबल प्रतियोगिता २०८१ को उपाधिका लागि बेलडाँडी गाउँपालिकाकै दुबै टिम भिड्ने भएका छन् ।

रोयल गोर्खाज सर्कलको आयोजनामा कार्तिक ११ गतेदेखि महेन्द्रनगरको खुल्ला मञ्चमा सञ्चालन भएको वडाकप फुटबल प्रतियोगिता उपाधिका लागि भोलि बुधवार २१ गते बेलडाँडी गाउँपालिका वडा नं.१ र ४ बीच फाइनल खेल हुने भएको छ ।

गत सनिवार बिहान भएको पहिलो सेमिफाइनल खेल बेलडाँडी गाउँपालिका वडा नम्बर ४ र बेतकोट नगरपालिका वडा नं. ९ बिच प्रतिस्पर्धात्मक खेल भएको थियो । उक्त खेलमा बेदकोट नगरपालिका वडा नं. ९ लाई बेलडाँडी गाउँपालिका वडा नं.–४ ले ३–१ गोलको अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।

दिउँसो भएको सेमिफाइनलको दोस्रो खेल बेलडाँडी गाउँपालिका वडा नं.१ र भीमदत्त नगरपालिका वडा नं.१४ बिच भएको खेलमा भीमदत्त नगरपालिका वडा नं. १४ लाई बेलडाँडी गाउँपालिका वडा नं.१ ले ८–० गोलको अन्तरले हराउदै फाइनल पुगेको हो । उक्त खेलमा दिनेश उपाध्यायले ५ , लालु सुनारले २ र गणेश कार्कीले १ गोल गरेका थिए ।

उक्त आयोजित खेलमा जम्मा १९ टिमको सहभागिता रहेको थियो भने जस अनुसार बेदकोट नगरपालिकाबाट ४ टिम , बेलडाँडी गाउँपालिकाबाट ४ टिम , दोधाराचाँदनी नगरपालिकाबाट १ टिम, भिमदत्त नगरपालिकाबाट १० टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक मान बहादुर चन्दले जानकारी दिनु भयो।

प्रतियोगिताको विजेता टिमले १ लाख ११,११ रुपैयाँ ट्रफी ,प्रमाणपत्र मेडल हात पार्ने छन, भने उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफी प्रमाणपत्र र मेडलमा चित्त बुझाउने छन् । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूले समेत पुरस्कार पाउनेछन् ।

बगैर खेलमैदान समेत जिल्लामै तहल्का मचाउने बेलडाँडीका दुबै टिमलाई फाइनल खेलमै पुगेर बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले शुभकामना प्रदान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष रानको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भोलि खेलमैदानमै पुगेर अध्यक्ष ज्यूले शुभकामना दिने तयारी सचिवालयले गरिरहेको जनाउनु भयो । जिल्लामै फुटवल क्षेत्रबाट तहल्का मचाउने बेलडाँडीका खेलडाँडीहरुको चौतर्फी प्रशंसा भइरहेको छ । बेलडाँडीका युवाहरुले खेलमैदान आवश्यक भएको भन्दै तुरुन्त खेलमैदान निर्माणमा लाग्न पालिकालाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित