कञ्चनपुर, कार्तिक २१ । नेकपा एमाले कञ्चनपुरका जिल्ला सदस्य राजेन्द्र आग्री भीनपा ६ वडाध्यक्षका आँकाक्षी हुन । उनी वडाबाट पनि सिफारिस भए तर, अन्तत एमालेले बहादुृर चन्दलाई उम्मेदवार बनायो ।
भीनपा ६ वडाध्यक्षका लागि एमाले वडाबाट राजेन्द्र आग्री र बहादुर चन्द सिफारिस भएसंगै जिल्ला पाटीले अन्तत चन्दलाई टिकट दियो, आग्रीलाई दिएन । उतिबेला एमाले भित्रकै दलित नेता कार्यकर्ता र बाहिरका दलित नेता कार्यकर्ताहरुलाई राजेन्द्र आग्री दलित भएकै कारण टिकट नदिएको भन्दै टिकाटिप्पणी भयो ।
टिकट नपाएको झोकमा २०कार्तिक(मंगबार) नेकपा माओवादी केन्द्र प्रवेस गरेका आग्री भोलीपल्टै २१ कार्तिक बुधबार एमालेमा फर्किएको घोषणा गरेका छन ।
मंगलबार माओवादी पाटी कार्यालय महेन्द्रनगरमा पाटीका नेता कार्यकर्ताहरु समक्ष ठुलै भाषण ठोकेका आग्रीले आफु पुरानै पाटीमा फर्किएको घोषणा गरेका थिए ।
लेखराज भट्ट सहितका हामीहरु एमालेमा ईमान्दारितापुर्वक काम गरेको बताएका थिए । माओवादीबाट एमालेमा गएकाहरु किनारा लागेको दुखेसो पोखेका थिए । राजेन्द्र आग्री माओवादीमा प्रवेस गरेकै दिन एमाले कञ्चनपुरकी महिला नेतृ कमला भट्टले समाजिक सञ्जाल मार्फत काजमा आएकाहरु समयमै चिनौँ भन्दै धारणामा समेत पक्ष विपक्षमा धारणा अभिव्यक्त भएको थियो ।
बुधबार एमालेबाट उम्मेदवार बहादुर चन्द, एमाले नेताद्वय नर बहादुर विक, मोहन रावलसंगै फोटो खिचाएर उनले आफुलाई झुक्याएर प्रवेस गराएको स्टाटस लेखेका छन । पाटीका उम्मेदवार बहादुर चन्दलाई सुर्य चिन्हमा जिताउन आब्हान गरेका छन ।
राजेन्द्र आग्रीको पाटी परिर्वतन व्यक्तिगत स्वतन्त्रता भएपनि राजनीतिमा यसरी क्षण भरमै पाटी परिर्वतन कार्यबाट स्वयम उसकै नैतिकतामाथि प्रशन उत्पन्न भएको छ । टिकट नपाएको झोकमा माओवादीतिर अनि रातारात फेरी एमालेमै गएर बहादुर चन्दलाई जिताउनुपर्छ भन्दै धारणा राखेपछि स्वयम आफु र उम्मेदवारप्रति क्षति हुने राजनीतिक वृतमा चर्चा भईरहेको छ ।
राजेन्द्र आग्रीको पाटी परिर्वतन अनि उनलाई तानातान गर्ने एमाले, माओवादीको के बाध्यता भन्दै स्थानीयले समेत चर्चा भईरहेको छ ।
Discussion about this post