बेलडाँडी एमालेद्धारा बैशाखमा साधारण सदस्य समेत नरहने गरी कार्वाही परेका उपाध्यायको उप-सचिव भनि फैलायो अफवाह

645
VIEWS

बेलडाँडी,
आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै केहि राजनितिक दलका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य भएको प्रति एमाले बेलाँडीले खेद प्रकट गरेको छ ।

बेलडाँडी एमालेले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भ्रम फैलाउनेहरुका विरुद्ध खेद प्रकट गरेको छ ।

नेकपा एमाले बेलडाँडीले स्थानीय निर्वाचनमा आफ्ना उम्मेदवारका विरुद्धमा वडा नं.२ मा बागी उम्मेदवार दिएको भन्दै बिष्णु राम उपाध्यायलाई गत बैशाख १६ गतेको बैठकले साधारण सदस्य समेत नरहने गरी कार्वाही गरिएको थियो । आज उनले आफु संगै कार्वाही गरेकालाई फुकुवा गरेको र आफुलाई फुकुवा नगरेको झोकमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी बैशाख १६ भन्दा पहिला एमालेका गाउँकमिटी उप-सचिव थिए ।

गठवन्धनका प्रतिनिधी सभा सदस्यका उम्मेदवार विना मगरको हातबाट टिका लगाउदै उपाध्यायले आज कांग्रेस प्रवेश गरेका हुन । उनले पार्टी प्रवेश गरेपछि सत्ता गठवन्धकाहरुले भ्रम फैलाउने कार्य गरेका थियो ।

पुरानो बैशाख १६ गते कार्वाही गरिएको विज्ञप्ती

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार