कञ्चनपुर, कार्तिक ३४ । कञ्चनपुरको शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १९औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको शनिबार एक कार्यक्तमका विच १९ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष पंकज रावलले महेन्द्रनगरमा साधारण सभा गरिएको बताए । कोषाध्यक्ष रावलले बार्षिक साधारण सभाबाट केही नयाँ एजेण्डा निर्णय समेत गरिएको बताए ।
उनका अनुसार सहकारीमा कार्यरत कर्मचारीहरुका लागि ईलेक्ट्रोनिक साईकल खरिदका लागि सुन्य ब्याजदरमा ऋण उपलब्ध गराउने, सहकारीका शेयर सदस्यहरुलाई विष्णू मन्दिर रोड क्षेत्रमा रहेको मनु औषधी पसल र गल्ली नम्बर ४मा रहेको ठगुन्ना मेडिकल हलबाट औषधी खरिदमा १०प्रतिशत छुट दिने सम्झौता गरिएको बताए ।
यसका साथै सहकारीको यस अघि आफ्नै जमिन भएकाले निकट भविष्यमै प्रशासनिक भवन निर्माण गरेर आफ्ना सदस्यहरुलाई थप स्तरिय सेवा सुविधा दिलाउने योजना रहेको बताए ।
कोषाध्यक्ष रावलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्ष ०८०/०८१मा १३करोड, ५०लाख, २३ हजार ४३१रुपैया आयव्याय भएको छ । भने, चालु आर्थिक बर्षमा १३करोड, ७०लाख, ६५ हजार आयव्यय हुने अनुमान गरिएको छ ।
कार्यक्रममा असल ऋर्णीहरु पूर्ण बहादुर चन्द, त्रिभुवन भट्ट, पुनिराम चौधरी, सावित्री रानालाई सम्मान गरिएको छ । असल बचतकर्ता तर्फ भुवनेश्वरी जोशी, कर्ण बहादुर शाही, जानकी धामी, लोकेन्द्र रावल रहेका छन ।
उत्कृष्ट कर्मचारी तर्फ बब्ली थापा(पाण्डेय), उत्कृष्ट बचत संकलक डम्बरी भट्टलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक दामोदर सिह धामीले प्रशासनिक पतिवेदन प्रंस्तुत गर्दै संस्थाको कामकाज सेवा सुविधा विस्तारदेखि चुस्तदुरुस्त पार्ने बताए ।
२ हजार ६८ शेयर सदस्यहरुलाई सहकारीबाट प्रदान गरिने सेवा सुविधा स्तरिय बनाईने व्यवस्थापक धामीले बताए । लेखा संउोजक डा. मोहन प्रशाद पन्तले बार्षिक लेखा परिक्षकको प्रतिवेदन प्रंस्तुत गर्दै सहकारी चुस्तदुरुस्त पारदर्शी रुपमा अघि बढेको जनाए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका सहकारी शाखा प्रमुख बिमला भाट(साउद)ले स्थानीय शिखर बहुउदेश्यीय सहकारी संस्थाले राम्रो काम गरेको प्रसंसा गरेकी छिन । उनले बाह्यबाट आउने सहकारीमा ह्वात्तै विश्वास गर्न नहुने बताईन ।
कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका शिखर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण दत्त पनेरुले भावि दिनमा समेत सहकारीको क्षेत्र विस्तारदेखिका स्तरिय सेवा सुविधा प्रदानमा जोडदिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बंैकका प्रतिनिधी आशा जोशी, भूमिराज सहकारीका अध्यक्ष बलदेव भट्ट, भीनपा ४ का वडाध्यक्ष शुनिल भट्ट सहितका सहकारकर्मी सहितका सरोकारवाको सहभागिता रहेको थियो ।
Discussion about this post