कञ्चनपुर, कार्तिक २४ । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार काँग्रेस, एमाले गठबन्धन सरकार मानव तस्कर जोगाउन सकृयरहेको बताएका छन ।
भ्रष्टचारी र विचौलीया कार्वाहीमा पर्न थालेपछि कांग्रेस र एमालेले उनीहरुलाई जोगाउन आफू नेतृत्वसको सरकार ढालेको पूर्वप्रधानमन्त्री प्रचण्डको आरोप छ।
शनिवार मकवानपुरको थाहामा वाइसिएलको दोस्रो नगरसभामा बोल्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन र सुशासनका नाममा कांग्रेस र एमालेले संख्याको बलमा आफ्नो सरकार ढालेको बताए।
‘नराम्रो पनि गर्दिन र गर्न पनि दिन्नँ’ भनेर सरकार सञ्चालन गर्ने इमान्दार कोशिस गर्दै सबै वेथिति र विसंगतिको विरुद्ध उभिँदा एमाले र कांग्रेस मिलेर सरकार ढालेको उनको भनाई थियो।
‘संविधान संशोधन र सुशासन यिनिहरुको वाहाना मात्रै हो। देशमा सुशासन कायम हुन थाल्यो, भ्रष्टाचारीहरु कार्वाहीमा पर्न थाले भनेपछि मेरो नेतृत्वको सरकार ढालियो,’ उनले भने, ‘भ्रष्टचारीहरुलाई बचाउनुपर्ने वाध्यता आइलागेपछि तिनिहरुकै प्रतिनिधिका रुपमा एमाले र कांग्रेस सरकारमा छन्।’
अध्यक्ष प्रचन्डले आफ्नो सरकारले राम्रा काम गरेकै स्थानमा अहिलेको सरकारले प्रहार गरिरहेको आरोप लगाए। विधुत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन हदैसम्मको प्रयास गर्नु एउटा उदाहरण मात्रै भएको उनको भनाइ छ।
‘अहिलेको सरकारलाई देश लोडसेडिङमुक्त भएको बिलकुल मन परेको छैन। उनीहरु देशलाई फेरी पनि अध्याँरो युगतिर लान चाहान्छन्,’ प्रचण्डले भने, ‘उनीहरु दलाल पुँजीपतिहरुलाई विद्युत महशुल तिर्न नपर्ने बनाउनका लागि र गरिब जनताहरुलाई तिर्नैपर्ने बाध्यता गर्नका लागि कुलमानलाई निकाल्न लागिपरेका छन्।’
अध्यक्ष प्रचण्डले वर्तमान सरकारको कार्यशैलिप्रति जनतामा आक्रोस रहेको जिकिर गरे। उनले जनताले फेरी पनि माओवादी केन्द्रको नेतृत्वमा एउटा आन्दोलनको नेतृत्व होस भन्ने चाहेको दावीसमेत गरे। माओवादी केन्द्रको नेतृत्वमा देशभर आन्दोलनको आँधीबेरी सिर्जना हुने उल्लेख गर्दै त्यसका लागि तयार रहन उनले कार्यकर्ताहरुलाई निर्देशन दिए।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादीलाई कांग्रेस र एमालेले कमजोर ठानेर गल्ति गरिरहको भन्दै चेतावनी दिए। उनले माओवादीलाई चिलको संज्ञा दिँदै उनले जुनसुकै वेला र परिस्थितिमा चिललेजस्तै माओवादीले पनि उडान भर्नसक्ने दावी गरे। उनले माओवादीले देशबाट भ्रष्टचारीहरुलाई निर्मुल नपारुन्जेल विश्राम नलिने बताए।
Discussion about this post