सार्वजनिक/सरकारी जग्गा अतिक्रमण हटाउने सम्बन्धमा कञ्चनपुर जिल्ला प्रशासनको साथ

बेलडाँडी, २५ कार्तिक । सार्वजनिक÷सरकारी जग्गा अतिक्रमण हटाउने सम्बन्धमा कञ्चनपुर जिल्ला प्रशासनले सबै स्थानीय तहहरुलाई साथ दिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला भित्रका सबै स्थानीय तहलाई पत्राचार गर्दै सार्वजनिक सरकारी जग्गा अतिक्रमण हटाउने कार्य स्थानीय प्रशासनको समन्वयमा सबै स्थानीय तहहरुबाट भैरहेकोमा वर्षायामको कारणले केही प्रभावित भएकोमा अव उप्रान्त नियमित रुपमां सार्वजनिक सरकारी जग्गामा अतिक्रमण हटाउने कार्यलाई निरन्तरता दिनुहुनका साथै सो कार्यमा सुरक्षा आवश्यक पर्ने भएमा स्थानीय प्रशासनसँग समन्वय गर्नुहुन अनुरोध गरेको छ ।

प्रशासनले स्थानीय तहहरुलाई गरेको पत्राचारमा बोधार्थ जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरलाई पठाउदै सार्वजनिक जग्गा अतिक्रमण हटाउने कार्यमा सुरक्षा व्यवस्था आवश्यक परेमा सुरक्षाकर्मी खटाउने व्यवस्था हुने जनाएको छ ।

बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको अतिक्रमित ग्रिनबेल्टमा पालिकाले बेलडाँडीको गौरबको योजना खेलमैदान बनाउने निर्णय अनुसार अघिबढेपछि प्रशासनले ठाउँखालि गर्नमा साथदिने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले ठाउँखालि गराउन बेलडाँडीलाई आवस्यक जनशक्ति प्रदान गर्ने जनाउदै आएको थियो ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले उक्त तोकेको क्षेत्र भित्र बसोबास गर्दै आएका वास्तविक सुकुम्वासीको समस्या समाधान गर्ने जनाउदै आएका छन् । उनले भने हामीले पटक-पटक घरटहरा हटाउने सूचना जारी गर्दै आएका छौं, जारी गरेको सूचनाको कसैले अवज्ञा गर्छ भने त्यसको जिम्मेवारी स्वयमले लिनु पर्ने बताए। वास्तविक भुमिहिन सुकुम्वासीको समस्या समाधान गर्ने आफुहरुले तयारी थालेको हुदा तीनीहरुलाई आफ्नो समान तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छन् ।

कोही कसैको अनावश्यक उस्काहटमा नलाग्न अनुरोध गर्दै उस्काहटमा लागेर कानुन हातमा लिने कसैले गतिविधी गर्छ भने त्यसको जिम्मेवारी स्वयमले लिनुपर्ने बताउन भयो । उनले भने “अघिल्लो सरकारले गरेको निर्णय अनुसार आफुले काम गर्न लागेको बताउदै सत्तामा छदा एकै निर्णय जनपक्षिय हुने सत्ता बाहिर हुदा त्यही निर्णय जनविपरित कसरी भयो भन्दै ठाउँ खालि गर्नमा सबैपक्ष सकारात्मक भएर लाग्न आग्रह गर्नु भयो ।”

बेलडाँडीका केहि नेताहरु आफ्नो व्यक्तिगत स्वार्थका निम्ति आफैले गरेको निर्णय सत्ता बाहिर बस्दा उल्ट्याउने अभ्यासमा जुटेका छन् । तर उनीहरुले गरेको दोहोरो चरित्र आम बेलडाँडीबासीले बुझिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित