कञ्चनपुर, २५ कार्तिक कञ्चनपुर बेदकोट नगरपालिका ७ मुसेपानीमा रहेको गणेश सामुदायिक वनको अध्यक्षमा किशन सिह भण्डारी भारीमतका साथ निर्वाचित भएका छन ।
गणेश सामुदायिक वनको नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा भण्डारीले आफ्ना निकटतमप्रतिद्वन्द्वी दिलिप सिह भाट र देवीलाल डगौरालाई भारीमतका साथ पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले महरालाई ७सय ७८ र डगौरालाई १हजार ११मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।
भण्डारीले १ हजार १सय ३, महराले ३सय २५ र डगौराले ९२मत पाएका थिए । ४२मत बदर भएका थिए । यो संगै सरक्षणकर्मी भण्डारी सामुदायिक वनको तेस्रो कार्यकालका लागि नेतृत्वमा पुगेका हुन । यस अघि अध्यक्ष हुँदा उनले काठ तस्करसंग भिडेर वन पर्यावरण सरक्षणदेखि उपभोक्ताहरुलाई सहज सुविधायुक्त रुपमा घाँसदाउरा एव काठ वितरण गरेर प्रसंसा कमाएका थिए ।
चुरे र फेदमा रहेको उक्त सामुदायिक वन सरक्षणका लागि अध्यक्ष किशन भण्डारी नेतृत्वमा उदाहरणीय काम भएपछि उनलाई फेरी फेरी उपभोक्ता(जनता)ले पत्याईरहेका छन । गणेश सामुदायिक वनको अध्यक्षमा चयन भएका किशन सिह भण्डारीले जनताको अपेक्षा अनुरुप वन पर्यावरण सरक्षण गर्दै उपभोक्तालाई सुविधा दिलाउने प्रतिज्ञा गरेका छन ।
Discussion about this post