बेलडाँडीका अगुवा सचेत युवाहरुको पहलमा भोली चवन्नी वजार लगयातका चोकचौराहहरु सफाई गरिने

75
VIEWS

बेलडाँडी,
मुखैमा आएको शुभदिपावलीलाई मध्य नजर गर्दै बेलडाँडीका सचेत स्वस्फूर्त अगुवा युवाहरुले भोली विहान चवन्नी बजार सरसफाई गर्ने कार्यक्रम रहेको छ ।

बेलडाँडी लगायत यहाँका चौक चौराहमा पलाष्टिक जन्यफोहरले भविश्यमा भयावह रुप लिन सक्ने चिन्ता व्याक्तगर्दै स्वस्फूर्त सफाई आफैबाट थाल्ने जनाएका छन् । उक्त समूहका युवा केशब राज जोशीका अनुसार यहाँका व्यापारी लगायत सबैमा सकारात्मक सोचको विकास होस् भन्ने उदेश्यका साथ उक्त कार्य गर्न लागेको बताए ।

उनका अनुसार भोली विहान ८ बजे देखि १० बजे सम्म २ घण्टा सकभर सबैले श्रमदान गरेर अभियानमा सहयोग पुर्याउन आवहान समेत गर्नु भयो । जसको तर्फबाट जे सहयोग गर्न सकिन्छ जस्तै झाडु, पानी, मस्क जस्ता सामानहरु कसैदाताले आफुहरुको टिमलाई सहयोग गरे आभारी हुने जनाउनु भयो ।

सकभर तिहार सम्म निरन्तर सफाइ कार्यक्रमलाई तिव्रताका साथ सबै वडामा गर्ने कार्यक्रम रहेको तर हाम्रो टिमलाई स्थानीयले कस्तो सहयोग गर्न सक्छन त्यसमा भरपर्ने जनाइएको छ । बेलडाँडीका धेरै व्यापारीहरुले यस्तो कार्यका लागि युवाहरुलाई धन्यवाद दिदै सफाइ कार्यक्रममा सरिक हुने बताउनु भयो । बेलडाँडीका युवा व्यापारी प्रकाश मालीले आफु युवा भाइहरु संग सरसफाइमा सरिक हुने बताए । यस्तै सिद्धनाथ बैजनाथ सहकारीका अध्यक्ष क्षतिज भट्टले सफाइ कार्यक्रममा स्वयम आफै उपस्थित भइ सक्दो सहयोग गर्ने बताए ।

युवाहरुको यस्ता कार्यगर्ने योजना सुनेर अन्य नागरिकहरुले सकारात्मक रुपमा लिएका छन् । सफाई अभियानमा नेपाल प्रहरी, व्यापारी, बुद्धिजिबी, राजनितिककर्मी, पत्रकार, यवा लगायतको सहभागिता रहने छ । यस अभियानमा स्वस्फूर्त जो कोहि पनि जोडिन सक्ने जोशीले जनाएका छन् ।

https://www.facebook.com/madan.khatri.73997

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार