गणेश सामुदायिक वनको अध्यक्षमा भण्डारी निर्वाचित

कञ्चनपुर, कार्तिक २६ कार्तिक । कञ्चनपुर बेदकोट नगरपालिका ६ मुसेपानीमा रहेको गणेश सामुदायिक वनको अध्यक्षमा किशन सिह भण्डारी भारीमतका साथ निर्वाचित भएका छन ।

गणेश सामुदायिक वनको नयाँ कार्य समितिका लागि भएको निर्वाचनमा भण्डारीले आफ्ना निकटतमप्रतिद्वन्द्वी दिलिप सिह भाट र देवीलाल डगौरालाई भारीमतका साथ पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन ।

भण्डारीले महरालाई ७ सय ७८ र डगौरालाई १हजार ११मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । भण्डारीले १ हजार १सय ३, महराले ३सय २५ र डगौराले ९२मत पाएका थिए । कुल मतदाता २ हजार २६६ र जसमध्ये १हजार ५सय ६२मत खसेका थिए । ४२मत बदर भएका थिए ।

यो संगै सरक्षणकर्मी भण्डारी सामुदायिक वनको तेस्रो कार्यकालका लागि नेतृत्वमा पुगेका हुन । यस अघि अध्यक्ष हुँदा उनले काठ तस्करसंग भिडेर वन पर्यावरण सरक्षणदेखि उपभोक्ताहरुलाई सहज सुविधायुक्त रुपमा घाँसदाउरा एव काठ वितरण गरेर प्रसंसा कमाएका थिए ।

चुरे र फेदमा रहेको उक्त सामुदायिक वन सरक्षणका लागि अध्यक्ष किशन भण्डारी नेतृत्वमा उदाहरणीय काम भएपछि उनलाई फेरी फेरी उपभोक्ता(जनता)ले पत्याईरहेका छन । गणेश सामुदायिक वनको अध्यक्षमा चयन भएका किशन सिह भण्डारीले जनताको अपेक्षा अनुरुप वन पर्यावरण सरक्षण गर्दै उपभोक्तालाई सुविधा दिलाउने प्रतिज्ञा गरेका छन ।

शान्तिपुर्वक लोकतान्त्रिक बिधीबाट निर्वाचन सम्पन्न गराउन अध्यक्षका तीनै प्रत्यासी, निर्बिरोध निर्वाचित पदाधिकारी सदस्य एव प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सरोकारवालाहरुका निर्वाचन समितिका संयोजक नवराज पन्तले आभार प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित