भीमदत्त ६ उपनिर्वाचन : माओवादीले दलित अगुवा नानाराम कोलीलाई उम्मेदवार बनाएपछि दलित समुदाय उत्साहित

अनिस दमाई कञ्चनपुर, कार्तिक २७ : आगामी १६ मंसिरमा भीमदत्त नगरपालिका ६मा वडाध्यक्षका लागि हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रले दलित समुदायबाट उम्मेदवार अघि सारेपछि दलित समुदाय उत्साहित भएका छन ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरले भीमदत्त ६मा नेकपा माओवादी नेता एव दलित अगुवा नानाराम कोलीलाई उम्मेदबार बनाउने निर्णयसंगै भीमदत्त नगरपालिका सहित ६का सिंगै भीमदत्त नगरपालिका सहित ६का सिङ्गो दलित समुदाय हर्षित भएका हुन । अन्य दलबाट अपहेलित एव सिफारिसै नहुने भएपनि टिकट खोसिने भएपनि माओवादीले सिधै उत्पिडित समुदायबाट टिकट दिएको भन्दै उत्साहित भएका छन ।

भीमदत्त नगरपालिका ६ दलित समुदायका युवा रतनराम दमाईले काँग्रेस, एमाले, राप्रपा, रास्वपा सहितका अन्य दललले दलित अहिलेसम्म हेपेको हेप्रै रहेपनि अहिले दलित समुदायबाट माओवादीले उम्मेदवार अघि सारेको भन्दै उत्साहित भएका छन । भीनपा ६कै दलित समुदायका महिला पार्वती सुनारले दलित समुदायबाट माओवादीले उम्मेदवार अघि सारेपनि आफु फरक विचारको भएपनि उतै सघाउने बताईन । ‘हामी दलित समुदायको अन्य दलले नाम, समस्या दिएर राजनीतिक एव एनजिओ चलाए अहिले माओवादीले वास्तविक रुपमा उम्मेदवार अघि सारेको छ, ‘उनले भनिन, ‘अब यतिबेला हामी दलित समुदायले माओवादी उम्मेदवार सघाउँछौँ ।’

अन्य दलले दलितमाथि दल्ने मात्रै काम गरेको उनको दुखेसो छ । नेकपा माअोवादी केन्द्र भीमदत्त नगरका प्रवक्ता सुरेश भट्टले वडाबाट सिफारिस भई आएका ६ नेता कार्यकर्ताहरु मध्ये जेष्ठताको आधारमा कोलीलाई उम्मेदवार बनाउने निर्णय गरेको बताए । नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष समेत रहेका ओलीलाई उम्मेदवार बनाईएको उनले बताए । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव दलित समुदायका अगुवा प्रकास पार्कीले वर्गसंघर्षबाट आएको माओवादी आन्दोलनमा होमिएका अगुवा नानाराम कोलीलाई उम्मेदबार बनाएको बताए ।

नेकपा माओवादी केन्द्रका युवा नेता बिरेन्द्र बिसीले परिर्वतनको पक्षमा संघर्ष गर्दै आएको नेकपा माओवादी केन्द्रले उत्पिडित दलित समुदायबाट उम्मेदवार अघि सारेको बताए । ‘माओवादी केन्द्र परिर्वतनको पक्षमा उम्मेदवार अघि सारेको छ, ‘अन्य दलहरुले दलित समुदायलाई उपेक्षा गरेको छ, सिफारिस भएपनि टिकट खोसिएका छन, अहिले माअोवादीले दलित समुदाय अघि सारेपछि सिङ्गो दलित समुदाय हर्षित भएको छ ।’

संविधानको रक्षा र व्यवस्था रक्षाका लागि भीनपा ६का दलित समुदायले ओलीलाई साथ दिने उनकोविश्वास छ । आगामी २ मंसिरमा उम्मेदवारी दर्ता रहेको छ । उम्मेदवारी टुङगो लागेसंगै नेकपा माओवादी केन्द्रले चुनावमा होमिने जनाएको छ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया नेगीले उम्मेदवारी टुङगो लागेसंगै पाटी चुनावमा होमिएको बताए । ‘हामी उम्मेदबारसंगै चुनावमा होमिएका छौँ, ‘उनले भने, ‘फिल्डमा जाँदा दलित समुदाय सहितका विपन्न समुदाय पाटीप्रति उत्साहित भएका पाएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित