आफ्नै स्कुल बसको ठक्करले विद्यार्थी अनमोल मृत्यु प्रकरण : दोषी उपर कार्बाही नहुँदासम्म आन्दोलन जारी

नरेन्द्र महरा कञ्चनपुर, २७ कार्तिक : आफ्नै स्कुल बसको ठक्करले मृत्यु भएका विद्यार्थी अनमोल कुँवरको घर परिवार, मामा घर आफन्तले न्याय नपाउँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन । घटना हुँदादेखि उपचारसम्मै विद्यालय एव संचालक समितिको चरम लार्पबाहीले घाईते बालकले ज्यान गुमाउनु परेको भन्दै दोषि सबैमाथि छानबिन गर्नुपर्ने माग अघि सारेर आन्दोलन गर्ने जनाएका हुन ।

बुधबार पनि विद्यालयमा बिरोध प्रर्दशनदेखिका सडक आन्दोलनको उनीहरुले चेतावनी दिएका छन । मामा शेर बहादुर विष्टले घटना हुँदादेखि उपचारका लागि समेत चरम लार्पबाही भएकाले चालक धन बहादुर विष्ट भएपनि सो दिन अन्यले गाडी चलाएकै कारण घटना भएकाले उक्त पनि छानबिन हुनुपर्ने माग अघि सारेका छन ।

बालकका मामा विष्टले चालक धन बहादुर विष्ट देखाएर अन्य मानिसले चलाएकाले आफुहरुलाई उक्त षड्यन्त्र मान्य नहुने बताए । ‘विद्यालय संचालक समिति प्रशासनले समेत चरम लार्पबाही गरेकाले हामीले अबोध बालक गुमाएका छौँ, ‘उनले भने, ‘यो त दुर्घटना नभई हत्या हो, घटनामा संलग्न सबैमाथि छानबिन गरेर कार्बाही गर्नुपर्छ ।’ शव सेती अस्पतालमा राखिएको र आमाबाबु(बसन्त कुँवर, जयन्त जयन्ती कुँवर रोजगारीका लागि भारतमा हुँदा उनीहरु नआँदासम्म नउठाउने जनाईएको छ । आफै अध्ययनरत विद्यालयको बसको ठक्करले कञ्चनपुर कृष्णपुरका एक बालक (विद्यार्थी)को मृत्यु भएको छ ।

शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८ बर्षिया बालक अनमोल कुँवरको आफै अध्ययनरत विद्यालयको बसको ठक्करले मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले विद्यार्थी छाडेर विद्यालय फर्किने क्रममा कृष्णपुर नगरपालिका २ बाणिबंकको डाईमण्ड ईङलिस बोडिङ्ग स्कुलको ना ३ ख ८१४६ नम्बर बसको ठक्करबाट सोही विद्यालय कक्षा २ मा अध्ययनरत बालक कुँवरको मृत्यु भएको बताए । एसपी जोशीका अनुसार सोमबार साँझ कुँवर सहितका विद्यार्थी ओसारेर बस अघि बढ्दा ठक्करले विद्यार्थी कुँवर घाईते भएका थिए ।

उनको भारत लखनौँको ईभिए अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । कुँवर वाणीबंक स्थित मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए । आफन्तले चरम लार्पबाही मापदण्ड विपरित बोडिङ्ग स्कुलले विद्यालय बस संचालन भएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । मृतकका आफन्त एव स्थानीयले विद्यालय घेराउ गर्दै आन्दोलन गर्दै विद्यालयमा तोडफोड एव केही समाग्री जलाएका थिए ।

बालकका आफन्त एव अन्य विद्यार्थीले विद्यालय पदाधिकारी, प्रशासन जिम्मेबार नभएको भन्दै आक्र्रोसित स्थानीयले विद्यालय घेराउ गरेर आन्दोलन गरिरहेका छन । उक्त घटना बारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ । सरोकारवालाले सयमित भएर घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्दै अव उपरान्त यस्ता घटना दोहोरिन नदिन आग्रह गरिएको छ ।

घटना पछि कृष्णपुरका मेयर हेमराज ओझा , २का वडाध्यक्ष अर्जुन सिह साउद सहितका जनप्रतिनिधीले विद्यालय, पीडित पक्षसंग छलफल गर्दै समस्याको निकासका लागि पहल गरेका छन । पहिलो दिन मंगलबारै घटना बारे ईप्रका झलारीमा बसेपनि वार्ता हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित