हात्तीको बथान लालझाडी तीन स्थानीयका घर भत्कायो

नरेश राना,कञ्चनपुर, ३ मंसिर । कञ्चनपुरको लालझाडीमा तीन स्थानीको घर हात्तीले भत्काईदिएको छ । लालझाडी गाँउपालिका ४ खल्लाजाईका तीन स्थानीयका घर जंगली हात्तीले भत्काईदिएको हो ।

गयराती ४ खल्लाजाईका स्थानीय हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराका घर हात्तीले भत्काईदिएको स्थानीयले बताएका छन ।
लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले गयराती हात्तीको बथानले तीन स्थानीयको घर भत्काईदिएको बताए ।

उनका अनुसार हात्तीले कच्ची घर भत्काएर अन्न पनि नष्ट गरिदिएपछि हात्तीपीडित टमाटा र कडारा परिवारको विचल्ली भएको छ । यस बर्ष गत असोजदेखि हात्तीले मानिस, भौतिक सरचना, घर अन्नबालीमा क्षति पु¥याउँदा समेत तीनै सरकारले हात्ती नियन्त्रणका लागि पहल नगरेको स्थानीयको दुखेसो छ ।

गत असोज दोस्रो साता हात्तीको बथानले लालझाडीका युवकको मृत्यु भएको थियो । लालझाडी गाँउपालिका प्रमुख निर्मल रानाले हात्ती नियन्त्रणका लागि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसंग पहल गरेको भईरहेको बताए ।

‘हात्तीबाट हुने क्षति न्यूनिकरणका लागि हाम्रो पहल जारी छ, ‘उनले भने, ‘हात्ती नियन्त्रण गर्न हामी स्थानीय सरकारको प्रयासले मात्रै हुन लागेको छैन, त्यसमा थप माथिल्ला सरकारले पनि हेर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित