बेलडाँडी । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला कार्य समिती सदस्यमा बेलडाँडीका गणेश महर बिष्ट मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान २०१७ र नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको भाद्र २७ गतेको परिपत्र अनुसार बिष्टलाई मनोनित गरिएको हो ।
जिल्ला सभापती पदम बोगटीले बिष्टलाई मनोनित गरेको पत्राचार गर्दै पार्टीको विधान र निमावली अनुसार पार्टीलाई सबल बनाउन सक्रिय भूमिका खेल्ने विश्वासका साथ मनोनित गरिएको हो । मनोनित सदस्यहरुबाट नेपाली कांग्रेस पार्टीलाई थप मजबुद, सुदृढ एवंम गतिशिल बनाउन महत्वपूर्ण योग्दान हुने सभापती बोगटीले बिश्वास लिएका छन् ।
मनोनित भए लगत्तै पार्टीले बिष्टलाई जिम्मेवारी समेत दिएका छन् । बिष्टलाई पार्टीले १०० दिने विशेष सांगठनिक अभियान कार्यक्रमका लागि बेलडाँडी प्रतिनिधित्वको जिम्मेवारी समेत दिएका छन् । बिष्टलाई जिल्ला पार्टीले पत्राचार गर्दै यस्तो कुरा उल्लेख गरेको छ ः नेपाली काँग्रेस केन्द्रिय समितिले २०८१ अशोज देखी २०८१ पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवशका दिन सम्म १०० दिने सांगठनिक अभियान“ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको व्यहोरा अवगत नै छ ।
उक्त अभियान सफल पार्न वडा को प्रत्येक टोलमा पुगेर पार्टिका सांगठनिक गतिविधिहरुलाई प्रभावकारी वनाउन तपाईलाई बेलडाँडी गाउँपालिकाका ५ वडाका लागि जिल्ला प्रतिनिधिको जिम्मेवारी दिइएको छ । सम्बन्धित वडामा यथाशिघ्र गई वडा समितिको बैठक राख्न लगाई अभियान सञ्चालन गरी संगठनलाई चलायमान बनाउन नेतृत्वदायी भुमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास लिएको छु । जय नेपाल !
अभियानमा गर्नुपर्ने कार्यहरु :
१. २०८१ मंसिर २५ गते भित्र वडा समितिको वैठक बसाउने र विधान अनुसार नियमित बैठक राख्न लगाउने, टोल समितिहरुलाई पनि चलायमान गर्ने ।
२. क्रियाशिल सदस्यता नविकरण कार्यलाई तिव्रता दिने ।
३. वार्षिक कार्यतालिका बनाई कार्यक्रम समयमै गर्ने गराउने र सो को अभिलेखीकरण गर्न लगाउने ।
४. पार्टि र जनप्रतिनिधि विच समन्वय र सहजीकरण गर्ने ।
५. भातृ एवं शुभेच्छुक संस्थाहरुसंग समन्वय तथा छलफल गरी ती संस्थाहरुलाई प्रभावकारी बनाउने ।
६. २०८१ पौष २५ गते भित्र दोस्रो वडा सम्मेलन सम्पन्न गरी प्रतिवेदन जिल्लामा पठाउने ।
७. वडाको १०० दिने सांगठनिक अभियान“ को प्रतिवेदन पुष मसान्त सम्म पेश गर्ने ।
Discussion about this post