बेलौरीका विपन्न विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, मंसिर २२ । कञ्चनपुरको बेलौरीका विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको छ । स्थानीय बेलौरी नगरपालिका सरकारले विपन्न समुदायका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिन लागिएको हो ।

प्राविधिक शिक्षामा गरिब, विपन्न समुदायका विद्यार्थीको पहुँच बृद्धिका लागि तालिम संचालन गरिएको बेलौरी नगरपालिकाले जनाएको छ । शनिबारदेखि कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको हो ।

बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले तालिमको उद्घाटन गर्दै विपन्न समुदायका विद्यार्थीका लागि निःशुल्क तालिम संचालन गर्न लागिएको बताए ।

मेयर चौधरीका अनुसार कमलहरी, शहिद तथा वेपत्ता परिवार,आरक्षपीडित, आदिवासी जनजाती, दलित गरिब, जेहेन्दार तथा अति विपन्न विद्यार्थीका लागि तालिम दुई कोर्षमा तालिम संचालन गरिएको बताए । मेयर चौधरीले तालिमबाट सिकेका विषयबस्तु व्यवहारिक ज्ञानमा प्रंयोग गर्दै अघि बढ्नुपर्नेमा जोडदिए ।

५० विद्यार्थीलाई उक्त कम्प्युटर अपरेटर कोर्ष र बेसिक डिल्लोमा कोर्ष तालिम संचालन गरिएको मेयर चौधरीले बताए । यस अघि पनि बेलौरी नगरपालिकाले गरिब, विपन्न समुदायका विपन्न विद्यार्थीका लागि छात्रबृतिदेखिका सीपमुलक तालिम संचालन गर्दै आएको छ ।

उद्घाटन कार्यक्रममा बेलौरीका मेयर पोतिलाल चौधरी, ४ का वडाध्यक्ष अर्जुन ढकाल सहितका जनप्रतिनिधी, कर्मचारी, विद्यार्थीको सहभागिता रहेको थियो । निःशुल्क तालिम पाएपछि बेलौरीका विपन्न समुदायका विद्यार्थी हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित