कञ्चनपुर, मंसिर ३० कञ्चनपुरकी महिला नेतृ माया नेगी खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।
मंसिर २८ र २९ गते काठमाण्डौँमा सम्पन्न भएको खानेपानी तथा सरसफाई महासंघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनबाट नेगी केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । नेगी केन्द्रीय सदस्यमा निर्बिरोध निर्वाचित भएको खानेपानी तथा सरसफाई महासंघ नेपालले जनाएको छ ।
खानेपानी तथा सरसफाई महासंघ नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भएकी माया नेगीले समग्र खानेपानीको समस्या पहिचान गर्दै सबै नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने प्रतिबद्धता जाहेर गरेकी छिन ।
अधिकारकर्मी समेत रहेकी नेतृ नेगी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य पनि हुन । उनी भगतपुर निम्बुखेढा खानेपानी तथा सरसफाई उपभोक्ताकी पुर्व कोषाध्यक्ष रहेकी छिन ।
Discussion about this post