बेलडाँडी पर्यटन प्रवर्द्धन समितिद्धारा पुस १५ को अवसर पारेर सांस्कृतिक कार्यक्रम

बेलडाँडी, ७ पुस । बेलडाँडीमा पर्यटन प्रवर्द्धन समितिद्धारा पुस १५ को अवसर पारेर सांस्कृतिक कार्यक्रम हुने भएको छ । स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्दै मौलिक पहिचान झल्किने संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र बेलडाँडी युवा समाजको सहकार्यमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने तयारी थालिएको हो ।

स्थानीय कलाकारहरुलाई प्रोत्साहन, पहिचानका साथै कला संकृतिको समेत संरक्षण प्रवद्र्धन हुने भन्दै सांस्कृतिक कार्यक्रम गर्न थालिएको बेलडाँडी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष गोकर्ण जोशीले जानकारी दिनुभयो ।

सांस्कृतिक धरोहरको संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पु¥याउन सम्पूर्ण स्थानीय बासिन्दालाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ । कार्यक्रममा प्रस्तुति देखाउने इच्छुक स्थानीय कलाकारहरूले अग्रिम नाम दर्ता गराउनु पर्ने जनाइएको छ ।

गायन तर्फ लोकगीत, देउडा र आधुनिक गीतहरू, नृत्य तर्फ डोटेली र थारु संस्कृतिलाई झल्काउने आकर्षक प्रस्तुति तथा मौलिक संस्कृति र मौलिकतालाई उजागर गर्ने विविध सांस्कृतिक गतिविधिहरू गरिने भनिएको छ । कार्यक्रम बेलडाँडी गाउँपालिका वडा नम्बर २ चवन्नी बजार पछाडिको खुला मैदानमा दिउँसो २ बजेदेखि आयोजना हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित