बेलडाँडीमा सर्पदङ उपचार शुचारु

बेलडाँडी,
कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीमा सर्पदङ उपचार सेवा शुचारु भएको छ । बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा औपचारिक रुपमा सर्पदङ उपचार सेवा शुचारु भएको हो । आइतबार एक कार्यक्रमका विच बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना र उपप्रमुख शान्ति नाथले संयुक्त रुपमा सर्पदङ उपचार सेवाको उद्घाटन गरेका छन ।
बेलडाँडी कुनैपनि मानिसलाई सर्पले डसेपछि मानिस मृत्युको मुखमा जानुपर्ने बाध्यता थियो । अब बेलडाँडीमै सर्पदङ उपचार सेवा शुचारु भएपछि मानिस मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता हट्ने छ । सर्पदङ उपचार सेवाको उद्घाटन गर्दै बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले जुनसुकै सर्पले डसेका बिरामी आएपछि प्रभावकारी उपचार गर्न गराउनु निर्देशन दिनुभयो ।
गाँउ उपप्रमुख शान्ति नाथले आफुले उठाउँदै आएको विषय अहिले आएर साकार भएको बताईन । ‘मैले हिजोका दिनमा जनप्रतिनिधी नहुँदा पनि उठाँउँदै आएको विषय अहिले जनप्रतिनिधी भएपछि सकार पुरा भएको छ, ‘उनले भनिन, ‘जनप्रतिनिधी भएको ६ महिनामै एउटा उपना पुरा भएको छ ।’ सेवा शुचारुसंगै प्रभावकारी रुपमा सेवा प्रदान गर्नुपर्नेमा जोडदिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित