बेलडाँडी
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै राप्रपा क्षेत्र नं. १ले प्रचार अभियानलाई तिव्रता दिएको छ ।
निर्वाचनलाई लक्षित गर्दै सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि राप्रपाका तर्फबाट शुक्रवार प्रचारप्रसार कार्यालय स्थापनासहित चुनावी अभियान शुरु गरिएको छ ।
क्षेत्र नं.१ “ख” प्रदेश सभाका युवा उम्मेदवार राप्रपाका धिरज विक्रम सिंहको प्रचार प्रसारका लागि बेलाैरी-बेलडाँडीका सबै वडामा सम्पर्क कार्यालय खोल्ने क्रम जारी रहेको जनाउदै बेलडाँडी वडा नं ३ र वडा नं. १ मा औपचारिक उद्घाटन गरिएको राप्रपाका बेलडाँडी अध्यक्ष प्रेम सिह साउदले जानकारी दिए ।
राप्रपा बेलडाँडीका अध्यक्ष साउदको सभापतित्वमा राप्रपा प्रदेश अध्यक्ष धर्मराज जोशी प्रमुख अतिथि रहनु भएको थियो । साथै कार्यक्रममा केन्द्रीय प्रवक्ता पुरन चन्द, जिल्ला अध्यक्ष गजेन्द्र चन्द, कञ्चनपुर क्षेत्र नवम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अशोक सिंह सम्राट लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले युवा नेता धिरज विक्रम सिंह लाई जिताउनु अहिलेको आवश्यक्ता भएको भन्दै विजयी गराउन मतदातालाई आहवान गर्नु भयो । उनले भने भ्रष्टाचार फाल्न युवालाई मतदान गर्नु पर्नेमा जोड दिए ।
जिल्ला अध्यक्ष चन्दले भने भ्रष्टाचार नियन्त्रणका लागि युवालाई बहुमतका साथ विजयी गराउनु पर्नेमा जोड दिनु भयो । युवा परिवर्तनको संवाहक भएको भन्दै सिंहलाई सबै मतदाताले मतदिन अाग्रह गर्नु भयो ।
२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अशोक सिंह सम्राटले भने “बेलडाँडी-बेलौरी क्षेत्रको निकासका निम्ति सधै राप्रपाले निरन्तर हातेमालो गर्ने बताए छन् ।
Discussion about this post