कञ्चनपुर । आज पुस १५, सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै छ ।
पुस १५ को रातलाई सबैभन्दा ठुलो रातका रूपमा मान्ने चलन छ । ‘रातभर आगो बालेर जाग्राम बस्ने, मिठा परिकार खाने चलन छ । तरुल, पिँडालु, सखरखण्ड लगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ ।’
लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रुपमा पनि पुसे पन्ध्र पर्वलाई लिने गरिन्छ । ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ भने कतै १५ प्रकारका परिकार खाने पनि चलन छ ।
यो पर्वमा रातभर नसुत्ने परम्परा रहेको हुँदा रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन पनि रहेको छ । आजको दिन सुदूरपश्चिममा घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ ।
Discussion about this post