बेलडाँडी स्वस्फूत युवा समूहद्धारा बेलडाँडी वजारपनि सफाई भोली क्याम्प सफाई गरिने

100
VIEWS

बेलडाँडी,
बेलडाँडीमा सनिवार देखि लगायतार स्वस्फूत युवा समूहको अगुवाइमा सरसफाई कार्यलाई निरन्तरता दिएको छ । आज बेलडाँडी वजार सफाई गरिएको अगुवा युवा केशव राज जोशीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बेलडाँडीलाई फोहर मुक्त बनाउने योजना आफुहरुको रहेको बताउदै यसमा सबै पक्षबाट साथ सहयोग र हौसाल प्रदान भइरहेको बताए । आज बिहान बेलडाँडी बजार सफाइ गरेको जनाउदै भोली बिहान क्याम्पचोक सफाई गरिने जनाउनु भयो । “मैले मेरो घर सफा गरे अव मेरो टोल पनि सफा गर्दैछु, बेलडाँडीलाई सफा बेलडाँडी बनाउने मेरो कर्तव्य” । भन्ने नाराका साथ युवाहरु अघि बढेका छन् ।

हामीले समुदायमा सकारात्मक सोचको विकास होस् भन्ने उदेश्यले यस्ता कार्यक्रम गर्न लागेको जनाउदै आज बेलडाँडी बजार सफाईमा पदम राज जोशी, प्रकास बिष्ट र नविन बिष्ट लगायत भाईहरुको संयोजकत्वमा अभियान संचालन भएको जनाए । व्यवसायीहरुले सफाई कार्यक्रममा सहयोग गरेका थिए ।

युवाहरुको यस्तो नेतृत्वले नेपाल प्रहरी, म्यादी प्रहरीको निकै साथ सर्पोट रहेको छ । भोली क्याम्पमा हुने सफाइ कार्यक्रममा संयोजन गर्न अपिल गरिएको छ ।

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार