बेलडाँडी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आउदो २२ गतेवाट खर खडाई सुरु गर्ने भएको छ । पहिलो चरणमा पुष २२ गते देखि २४ गते सम्म निकुञ्जको पश्चिम सेक्टरमा खर खडाई खोलीने र दोस्रो चरणमा पुष २५ गते देखि २७ गते सम्म पूर्वी सेक्टर अर्थात बेलडाँडी झिलमिला क्षेत्रमा खर खडाई खोलीने बागेश्वरी उपभोक्ता समितिका काबा अध्यक्ष मोहन प्रसाद बडुले जानकारी गराउनु भयो ।
उहाँका अनुसार पुस २२ देखि २४ गते सम्म बेलडाँडी रेञ्जर पोष्टमा गई पुर्जी काट्नु पर्ने र २५ गते देखि २७ गते सम्म खर खडाई काट्न पाइने जनाउनु भयो । बेलडाँडी क्षेत्रका मानिसहरुका लागि निकुञ्ज भित्र प्रवेश (घाटहरु) बेलडाडी पोष्ट, मोहनपुर घाट, चाकर घाट, मसान घाट, सिचाई घर नजिकको घाट, कालिका मन्दिर नजिकको घाट, र राधापुर घाट क्षेत्रबाट आवत, जावत गरिने ब्यहोरा जानकारी गराउनु भयो ।
तिन दिनका लागी आरक्षले रु. ५० को पुर्जी लिई खर खडाई गर्न दिने छ् । खर खडाईका क्रममा वन्यजन्तुको चोरी सिकारी र काठ तस्करी नहुन दिन निकुञ्ज प्रशासन र सेनाले सुरक्षा चेकजाँच गर्ने छ् । निकुञ्जको नियम विपरीत कार्य गरेको पाईएमा प्रचलित कानुन वमोजीम कार्वाही गरिने समेत निकुञ्ज प्रशासनले जनाएको छ् । निकुञ्जको सरसफाई र न्यून आय भएका गरिव जनताहरुलाई खडले वनेका घर र गोठको छानो छाउने कामका लागी खर प्रयोग गर्ने हुदा प्रत्येक वर्ष खर खडाई खोल्ने गरेको निकुञ्ज प्रशासनले जनाएको छ् ।
Discussion about this post