बेलडाँडी । कञ्चनपुरको दक्षिण क्षेत्र बेलडाँडी गाउँपालिकामा विशेषज्ञ डाक्टरसहितको उपस्थितिमा भोलि शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ग्रामीण क्षेत्रका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
सामान्य उपचारका लागि महेन्द्रनगर, धनगढी जानुपर्ने बाध्यता हटाउने उदेश्यका साथ बेलडाँडी गाउँपालिका र २ नं. वडा कार्यालयको व्यवस्थापनमा सि.पि आस्पताल धनगढीले पुस २०गते बेलडाँडी गाउँपालिकाको प्राङ्गणमा १ दिने निःशुल्क स्वास्थ्य शिविर चलाउने तयारी थालेको छ ।
बिरामीहरूले भोलि विहान १० बजेदेखि साझसम्म निःशुल्क रुपमै स्वास्थ्य परीक्षण सेवा, जनरल सर्जन, जनरल फिजिसियन, हाडजोर्नी तथा नशा रोग, नाक कान तथा घाँटी रोग, निःशुल्क भिडियो एक्सरे र निःशुल्क औषधी वितरण जस्ता सेवा पाउने बेलडाँडी गाउँपालिका वडा नं.२ का वडा सदस्य रमेश चनाराले जानकारी गराउनु भयो ।
बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले स्वास्थ्य शिविरको फाईदा लिन बेलडाँडीबासीलाई आग्रह गरेका । आर्थिक अभावले उपचार गराइ नसक्नेहरुलाई लक्षित गरेर शिविरको आयोजना गरेको रानाले बताउनु भयो । भालि २० गते बेलडाँडी गाउँपालिककै प्राङ्गणमा लाग्ने शिविरले विरामीहरुलाई केहि राहत हुने उनको बुझाई रहेको थियो ।
Discussion about this post