बेलडाँडी । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा पौंष २६ देखि २८ सम्म बेलौरी माघ म्याला २०८१ लाग्ने भएको छ । ‘राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमर अभियान’भन्ने मुल नाराका साथ बेलौरी नगर भलमन्सा समितिको आयोजनामा यही पुस २६ देखि २८ गतेसम्म तीन दिवसीय ’माघ म्याला’ सञ्चालन गरिने भएको छ ।
माघ म्यालाको तयारीका बारेमा जानकारी गराउन भोलि सनिवार बेलौरीको थारु छात्रावासमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । म्यालामा रक्तदान कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।
थारु समुदायको कला, लोक संस्कृति र भाषा साहित्यको जगेर्ना एवं प्रवद्र्धन र संरक्षणमा सहयोग पु¥याउने, थारु समुदायमा रहेका कुरुती हटाइ एकजुट भएर शिक्षित समाज निर्माणमा सहयोग पु¥याउने, थारु झाँकी, कला संस्कृतिहरूको समेत प्रदर्शन लगायतको उद्देश्यका साथ मेला अवधिमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति माघी, झुम्रा, मुग्रुह्वा, हुरहुग्वा नाच तथा अन्य पुराना पुराना प्रस्तुति, थारु समुदायको रहनसहन संस्कृति र भेषभुषा प्रदर्शन, थारु परिकार लगायतको प्रदर्शन गरिने छ । मेला अवलोकनका लागि कुनै टिकट बापतको शुल्क नलाग्ने समेत आयोजकले जनाएको छ ।
Discussion about this post