न्यू भानु युवा क्लबद्वारा जिल्लाकै ठुलो धनराशिको “प्रथम भानु गोल्डकप २०८१” भोलि शुक्रबारदेखि सुरु हुदै

बेलडाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका वडा नं. ५ मा रहेको न्यू भानु युवा क्लबको आयोजनामा जिल्लाकै सबैभन्दा ठूलो धनराशिको फुटबल प्रतियोगिता “प्रथम भानु गोल्डकप २०८१” भोलि शुक्रबारदेखि सुरु हुने भएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगिता पुनर्वास नगरपालिका वडा नं. ५ स्थित भानु खेलमैदानमा हुनेछ । प्रतियोगितामा जिल्ला भित्र र कैलालीका गरि १२ टिमहरुले प्रतिस्पर्धा गर्नेछन् । क्लब सचिव जय सिंह ठकुरीका अनुसार, फुटबल खेलमार्फत उत्कृष्ट प्रतिभाको विकास र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण सहित लागुऔषध न्युनिकरण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाए । प्रतियोगितको मुख्य प्रायोजक पुनर्वास नगरपालिका कार्यालय र प्रायोजक प्रकाश दाहाल प्रतिष्ठान काठमाण्डौ रहने जनाईएको छ ।

प्रतियोगितामा स्थानीय, जिल्ला र जिल्ला बाहिरका गरी १२ उत्कृष्ट टिमहरूको सहभागिता रहनेछ । भानु खेलमैदानमा हुने यो प्रतियोगिताले फुटबल खेलमार्फत क्षेत्रीय प्रतिभा विकास गर्न र खेलकुदप्रति नयाँ पुस्ताको आकर्षण बढाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कारः नगद रु. ५ लाख, मेडल, र प्रमाणपत्र, द्वितीय पुरस्कारः नगद रु. २ लाख ५० हजार, मेडल, र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकः नगद रु. १० हजार, उत्कृष्ट डिफेन्सः नगद रु. १० हजार, म्यान अफ द म्याचः प्रत्येक खेलका लागि रु. १५००, सर्वाधिक गोलकर्ताः नगद रु. १० हजार र खेलभरीकै उत्कृष्ट खेलाडीः नगद रु. १५ हजार पुरस्कारको व्यवस्था गरिएको सचिव ठकुरीले बताउनु भयो ।

पत्रकार सम्मेलनमा न्यू भानु युवा क्लबका अध्यक्ष तथा पत्रकार सम्मेलनका सभाध्यक्ष पदम थापाले भने, “यो प्रतियोगिता जिल्लाकै ऐतिहासिक कार्यक्रम हो । यसले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने मात्र होइन, पुनर्वासलाई खेलकुदको क्षेत्रमा नयाँ उचाइमा पु¥याउने विश्वास लिएको बताउनु भयो ।”

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम फुटबल संघका प्रदेश सदस्य खगेन्द्र ओझाले भने, “न्यू भानु युवा क्लबले पुनर्वासलाई खेलकुदमार्फत परिचित गराउने उत्कृष्ट काम गरिरहेको बताए । यस्तो प्रतियोगिताले खेलाडीहरूलाई थप प्रेरणा दिनेछ र पुनर्वासको पहिचानलाई अझ मजबुत बनाउने बताउनु भयो ।”

प्रतियोगिता करिब एक हप्तासम्म चल्नेछ । कार्यक्रमको उदघाटन पुर्व खानेपानी मन्त्री विना मगरले गर्ने तयारी रहेको छ भने समापन पुनर्वास नगर प्रमुख तोया प्रसाद शर्माले गर्ने तय भएको छ । प्रतियोगिताको सफलताका लागि आयोजकले सम्पूर्ण खेलप्रेमी र स्थानीय नागरिकलाई सहभागिताको लागि आह्वान गरेको छ । यो प्रतियोगिताले पुनर्वासमा खेलरौनक ल्याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित