बेलडाँडी,
बेलडाँडीमा गत सनिवार देखि लगायतार स्वस्फूर्त युवा समूहको अगुवाइमा सरसफाई कार्यलाई निरन्तरता दिइएको छ ।
आज विहान बेलडाँडी प्रवेशको मुख्य चौक क्याम्प सफाईमा नेपाली सेनाले समेत साथ दिएको अगुवा युवा सफाई अभियान्ता केशव राज जोशीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार बेलडाँडीलाई फोहर मुक्त बनाउने योजना आफुहरुको रहेको बताउदै यसमा सबै पक्षबाट साथ सहयोग र हौसाल प्रदान भइरहेको जनाए । सनिवार देखि शुरु गरिएको अभियानमा चवन्नी वजार, बेलडाँडी बजार र आज क्याम्प चौक सफाई गरिएको जनाए । “मैले मेरो घर सफा गरे अव मेरो टोल पनि सफा गर्दैछु, बेलडाँडीलाई सफा बेलडाँडी बनाउने मेरो कर्तव्य” । भन्ने नाराका साथ युवाहरु अघि बढेका हुन ।
आजको अभियानमा बेलडाँडी वडा नं.२ का अध्यक्ष नारद सिंह उर्याल, नेपाली कांग्रेस बेलडाँडी वडा नं.२ का सभापति मदनराज भट्ट, नेपाली सेना, प्रहरी, बेलडाँडी ट्रफिक प्रहरी, व्यापारी, ट्याम्पो व्यवसायी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
हामीले समुदायमा सकारात्मक सोचको विकास होस् भन्ने उदेश्यले यस्ता कार्यक्रम गर्न लागेको जनाउदै झिलमिला क्षेत्रमा समेत युवाहरुले सफाई गरिरहेको जोशीले बताए। जोशीलाई अगुवा युवा तथा सरसफाई अभियान्ता पदम राज जोशी, प्रकास बिष्ट, नविन बिष्ट, महेश चन्द, विमल नेपाली, बाशुदेव भट्ट, दिनेश राज भट्ट र चन्द्र खडका लगायतकाले शुरुदेखिनै जोशीलाई साथ दिदै आएका छन् । युवाहरुको यस्तो जिम्मेवारीपनले स्थानीय हर्षित भएका छन् ।
Discussion about this post