कोर्क नेपाली समाजको अध्यक्षमा कञ्चनपुरका लोकेश धामी चयन

पौष २८ गते । आयरल्यान्डको कोर्क शहरमा बसोबास गर्ने नेपालीहरूको साझा संस्था कोर्क नेपाली समाजको अध्यक्षमा कञ्चनपुर निवासी लोकेश धामी चयन भएका छन् । धामीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति चयन भएको छ । समाजको हालै सम्पन्न निर्वाचनमा धामीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरिएको हो ।

नयाँ कार्यसमितिमा विभिन्न क्षेत्रमा सक्रिय र समाजप्रति योगदान दिने व्यक्तिलाई समावेश गरिएको छ । कोर्क नेपाली समाजले नेपाली भाषा, संस्कृति, र एकतालाई जोगाउनका साथै समुदायको हितका लागि विभिन्न कार्य गर्दै आएको छ ।

सर्वसम्मत समितिमा १. अध्यक्षः लोकेश धामी, २. उपाध्यक्षः युवराज खत्री, ३. महिला उपाध्यक्षः बसन्ता आले, ४. महासचिवः विशाल रायमाझी, ५. उपसचिवः विकल पौडेल, ६. कोषाध्यक्षः कमला रायमाझी खत्री, ७. उपकोषाध्यक्षः पुजा आले, ८. प्रकाशन तथा वेब संयोजकः रविन भण्डारी, ९. सांस्कृतिक संयोजकः तृष्णा कार्की, १०. युवा संयोजकः जोशान जोशी, ११. महिला संयोजकः मिना खत्री, १२. विद्यार्थी संयोजकः गणेश आचार्य, १३. कार्यकारी सदस्यः सुनित गौतम, १४. कार्यकारी सदस्यः हम राना चयन भएका छन् ।

कार्यसमिति चयनपछि अध्यक्ष धामीले सबैप्रति आभार प्रकट गर्दै भने, “तपाईंहरूको अपार माया, विश्वास र समर्थनले मलाई कोर्क नेपाली समाजको अध्यक्ष बन्ने अवसर प्रदान गरेकोमा म अत्यन्त आभारी छु । यो जिम्मेवारीलाई म इमानदारी, निष्ठा, र समर्पणका साथ निभाउनेछु ।

हाम्रो समाजको सामूहिक हित र उन्नतिका लागि मैले सधैं उत्तम प्रयास गर्नेछु ।“ धामीले आफ्नो टिमका सदस्यहरूलाई बधाई दिँदै कोर्कमा रहेका नेपालीहरूको हकहितका लागि एकजुट भई काम गर्ने बताउनु भयो । उहाँका अनुसार नयाँ कार्यसमितिले नेपाली संस्कृति, भाषा, र पहिचानलाई संरक्षण गर्नका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाए ।

नेपाली चाडपर्वहरूको भव्य आयोजना, सांस्कृतिक र शैक्षिक गतिविधिहरू, युवाहरूको क्षमता विकासका लागि विशेष कार्यक्रम, महिलाहरू र विद्यार्थीहरूको सशक्तिकरणका लागि सहकार्य, कोर्क नेपाली समाजलाई स्थानीय र अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउने पहल समेत गरिने वहाँले बताउनु भयो । कोर्क नेपाली समाजले विदेशमा रहेका नेपालीहरूलाई एकत्रित गर्दै नेपाली संस्कृति र पहिचानलाई संरक्षण गर्न ठूलो भूमिका खेल्दै आएको छ । नयाँ कार्यसमितिबाट थप नवीन योजना र सकारात्मक योगदानको अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित