सुडाको पोखरी कटेजमा भोलि भब्य माघी विशेष सांस्कृतिक कार्यक्रम हुने

कञ्चनपुर । कञ्चनपुरको सुडामा रहेको पोखरी कटेजले भोलि माघी पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ । माघीको अवसरमा स्थानीय सांस्कृतिक पक्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले मनोरञ्जन र पर्यटनको प्रवद्र्धनमा योगदान दिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा स्थानीय र राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ । गायिका सरस्वती भट्टराई, गायक जीवन परियार, गायिका अनिता धामी, नृत्याङ्गना चाहना जोशी, र पूजा मल्ल ठकुरीले आफ्नो प्रस्तुतिबाट दर्शकलाई मोहित बनाउनेछन् । गायन र सांस्कृतिक नृत्यको फ्युजनले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउने लक्ष्य राखिएको छ ।

पोखरी कटेजका संरक्षक रामदास रानाका अनुसार, यो सांस्कृतिक कार्यक्रममा ग्राहकलाई विशेष अनुभव दिनका लागि व्यवस्था गरिएको बताए । उनका अनुसार पाहुनाहरूको चाहनाअनुसार कस्टमाइज मेनु उपलब्ध हुनेछ, पारिवारिक र सामूहिक रूपमा सहभागी हुने पाहुनाहरूका लागि आरामदायी बसोबासको व्यवस्था, हरियाली, पोखरीको आनन्द, र फोटोग्राफीका लागि आकर्षक स्थान, सांस्कृतिक कार्यक्रम हेर्न आउनेहरुका लागि निशुल्क पार्किङको व्यवस्था गरिने जनाइएको छ भने प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ ।

संरक्षक रानाका अनुसार, यस्तो प्रकारका कार्यक्रमले स्थानीय संस्कृति र पर्यावरणीय पर्यटनको प्रवद्र्धनमा सहयोग पु¥याउँछ । माघी पर्वका अवसरमा पोखरी कटेजमा मनाइने विशेष कार्यक्रमले समाजिक सदभाव राख्दै समुदायलाई एकीकृत गर्ने र पर्यटकहरूलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्य बोकेको छ ।

सांस्कृतिक कार्यक्रमले स्थानीय कलाकारहरूको प्रतिभा प्रदर्शन गर्ने मञ्च मात्र प्रदान गर्दैन, यसले व्यवसायलाई समेत चलायमान बनाउँछ । यो माघी विशेष सांस्कृतिक कार्यक्रमले स्थानीय र बाह्य दर्शकहरूलाई एकै ठाउँमा ल्याई, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको आनन्द लिन अद्वितीय अवसर प्रदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित