चौधर नदीमा आएको बाढीका कारण फुटेको तटवन्ध निर्माणका लागि सर्वे कार्य शुरु

बेलडाँडी, पौष २९ । गत असार २३ र २४ गते चौधर नदीमा आएको बाढीका कारण महाकाली सिंचाईको नहर तथा तटवन्ध फुटेर बस्तीमा बाढी पसेको थियो । जसका कारण बेलडाँडी गाउँपालिकाका विभिन्न वडाहरूमा ठूलो नोक्सान पुगेको थियो । बाढीका कारण कृषि क्षेत्र, विशेष गरी धान र ऊखु खेतीमा क्षति पुगेको थियो । यस घटनाबाट प्रभावित क्षेत्रको जनजीवन र कृषकहरूलाई राहत पुर्याउन महाकाली सिंचाईको नहर तथा तटवन्ध निर्माणका लागि पालिका प्रमुख हरिशचन्द्र रानाको पहलमा आजदेखि निर्माणका लागि सर्वे कार्य शुरु भएको छ ।

बेलडाँडी गाउँपालिकाको वडा नं. ५ स्थित गणेश माध्यमिक विद्यालयको नजिक तटवन्ध फुट्दा बाढीका कारण प्रभावित क्षेत्रहरूमा पानी पस्ने समस्या उत्पन्न भएको थियो । यसका कारण बेलडाँडीका २, ३, ४ र ५ न. वडा, साथै बेलौरीका केही वडामा बाढीले व्यापक क्षति पुर्याएको थियो ।

सुरु भएको स्टमेट सर्वे कार्यको आधारमा निर्माण कार्यलाई केहि दिनमै शुरु गरिने योजना रहेको छ । यसले प्रभावित क्षेत्रको स्थायीत्व र बाढी नियन्त्रणमा मद्दत पुर्याउने आशा गरिएको छ । पालिका प्रमुख रानाले यस परियोजनालाई प्राथमिकतामा राख्दै सबै पक्षसँग सहकार्य गरेर तटवन्धको निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने आश्वासन दिएका छन् ।

बाढीका कारण कृषकहरूलाई आर्थिक क्षति पुगेको भन्दै कृषकहरुले चाँडो भन्दा चाँडो पुनर्निर्माण कार्य सुरु गर्नुपर्ने माग गर्दै आएका छन् । यसअघि पनि विभिन्न मौसमीय चुनौतीहरूले प्रभावित कृषकहरूको जीवन कठिनाइमा परेको थियो, जसका कारण स्थानीय निकायको पहल महत्वपूर्ण बनिरहेको छ । छिटो निर्माण कार्यले प्रभावित किसान र स्थानीय बासिन्दाहरूलाई राहत पुर्याउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित