कञ्चनपुर, माघ ९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटा स्थित कृष्ण माध्यामिक विद्यालयका विद्यार्थीलाई एक संस्थाले खेलाडी पोषाक अर्थात जर्सी सहयोग गरेको छ ।
कल्की फाउण्डेशनले कृष्ण माविका विद्यार्थीलाई जर्सी सहयोग गरेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक राज भट्टले कल्की फाण्डेशनले १५नगर स्थरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि खेलाडी विद्यार्थीलाई खेलाडी पोषाक दिएको बताए ।
उनका अनुसार ४०थान जर्सी, एकजोडी टे«कसुट खेल शिक्षकलाई पनि दिएको छ । कल्की फाउण्डेशनले खेलाडी विद्यार्थीको उत्साहका लागि गरेको सहयोगले जनाएको छ । सहयोगी फाउण्डेशनप्रति विद्यालय, विद्यार्थी, समितिले आभार प्रकट गरेको छ ।













Discussion about this post