चुनाव जिते लगत्तै पहिलो प्राथमिकतामा आरक्षपीडितको समस्या समाधान गछौँ ः पुर्वमन्त्री साउद

कञ्चनपुर,
पुर्व सिँचाईमन्त्री एनपी साउदले पहिलो प्राथमिकतामा कञ्चनपुरका आरक्षपीडितको समस्या समाधान गर्ने बताएका छन । निर्वाचन क्षेत्र २बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार समेत रहेका पुर्वमन्त्री साउदले पहिलो प्राथमिकतामा आरक्षपीडितलाई राख्ने बताएका हुन ।
सोमबार कृष्णपुरको गजरौलामा एक टेलिभिजनलाई अन्र्तरवार्ता दिर्दै पुर्वमन्त्री समेत रहेका बाम लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार समेत रहेका साउदले निर्वाचन क्षेत्र २बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेनदवारले निर्वाचन जिते लगत्तै पहिलो प्राथमिकतमा आरक्षपीडितको पुर्नस्थाना गर्ने बताएका हुन । यस अघि पनि पटक पटक आरक्षपीडितको उचित व्यवस्थापनका लागि आफुले पहल गरेको तर, सरकार फरक दलको हुँदा समस्या समाधान गर्न नसकिएको बताउदै पुर्वमन्त्री साउदले यस पटक पीडितको समस्या समाधान गरेरै छाड्ने बताए । पुर्वमन्त्री साउदले पीडितलाई जमिन र मुआब्जा दिएर न्यायिक पुर्नस्थापना गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धन तयार रहेको बताए ।आरक्षीडित सहित मुक्त कमैया, हलिया, वाढीपीडित, सबै घरबार बिहिन जनतालाई जमिनको मालिक बनाउने बताए । क्षेत्र २मा रहेका विद्यमान शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार सहित सडक निर्माणका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित