पार्टीले उठाएको जस्तोसुकै उमेद्वारलाई भोट दिने प्रचलनको अन्त्य हुनुपर्छ : युवा आवाज

बेलडाँडी-आसन्न मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका लागि हुने निर्वाचनमा हाम्रो भन्दा पनि राम्रो उम्मेदवारलाई जिताउनु पर्नेमा युवा आवाज बुलन्द हुदै गएको छ ।

उनीहरुले पार्टीलाई हैन, व्यक्तिलाई भोट गरौं । भोट फर डिजर्भिङ । भोट हाल्दा नङमा मात्र दाग लागोस्, स्वाभिमानमा होइन ।’ प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिदै जादा कञ्चनपुर क्षेत्र नं.१ “ख” का सचेत युवाहरुले सक्षम उम्मेदवारलाई भोट हाल्नु पर्ने अभियानलाई तिब्रता पार्दै आएका छन् । मताधिकार प्रयोगले उम्मेदवार छान्ने आम प्रवृत्तिलाई कटाक्ष गर्दै पार्टीभन्दा ब्यक्तिलाई बढी प्राथमिकता दिन आह्वान गरेका छन् । पार्टीको पछाडि लाग्दा राम्रा र योग्य छुट्न सक्ने भन्दै चिन्ता व्यक्तगरेका छन् ।

असल, इमान्दार, देश, क्षेत्र र जनताका लागि केही गर्न सक्ने व्यक्तिलाई जिताई आफ्नो अमूल्य मतको कदर गर्न उनीहरुले आवहान गरिराखेका छन् । ‘पार्टीभन्दा माथी उठेर मान्छे चुन्ने ज्ञान नभएसम्म केही हुन्न भन्दै युवाहरुले स्वतन्त्र उम्मेदवारलाई भोट दिनुपर्नेमा जोड दिएका हुन ।

१२ वर्षको जनयुद्ध, शान्ति प्रक्रिया, मधेस आन्दोलन, संविधान सभा निर्वाचन, संविधान निर्माणजस्ता राजनीतिक घटनाक्रमपछि मुलुकमा शान्ति, समृद्धि आउनुपर्ने ठाउँमा देशमा भ्रष्टाचार, वेथिति राम्रो नेतृत्व नछान्न सक्दा निम्तिन लागेको बताए ।

मंसिर ४ गते हुने प्रतिनिधी र प्रदेश सरकारको प्रमुख मुद्दा नै विकास र समृद्धि हुने छ । तर, यसका लागि जनताले छान्ने प्रतिनिधि उपलब्ध उम्मेदवार मध्ये सबैभन्दा योग्य हुनुको विकल्प छैन । यहाँ पार्टीसँग आस्था भएकै कारण सोही पार्टीले उठाएको जस्तोसुकै उमेद्वारलाई पनि भोट दिने प्रचलन छ । यस्तो प्रचलनलाई जनताले मंसिर ४ मा फाल्नुपर्नेमा जोड दिए । उनले भने आफ्नो मतको सही सदुपयोग गरौं । हाम्रालाई भन्दा पनि राम्रालाई भोट दिऔं । यसलाई केवल एक कागजको टुक्रामा निलो मसीले छाप हानेर प्लास्टिकको बाकसमा हाल्ने नठानी इतिहास बदल्ने अवसरका रूपमा लिनुपर्ने भएकाले स्वतन्त्र व्याक्तिलाई जिताउनु पर्नेमा युवा आवाज बुलन्द पारिदैछ ।

राम्रो उम्मेदवारलाई भोट दिँदा राम्रो नेता मात्र जन्मँदैन यसले राजनीतिक दललाई समेत राम्रो उम्मेदवार उठाउन दबाब बन्ने युवाहरु बताउछन् । दलले उठाएका सबै उमेद्वारलाई जनताले विश्वास गरिहाल्नुपर्छ भन्ने छैन् त्यसैले व्याक्ति हेरेर भोट दिनुपर्ने हुन्छ । पछिल्लो समयमा राजनिति अराजकताका कारण देश भर स्वतन्त्र उम्मेदवारहरुको संख्या बढेको छ ।

को हुन स्वतन्त्र उम्मेदावर टेक बहादुर साउद ?

बेलौरीलाई बेलौरी बनाउने सामजिक अभियान्ता हुन टेक बहादुर साउद । बेलौरीमा ०३६ साल देखि उनका वुवाले सुरु गरेको व्यवसायीलाई निरन्तरता दिदै समाजिक कार्यमा लिप्त साउद लगायतको पहलमा बेलौरीमा कारोबार गर्न बैंक नभएको अवस्थामा सिद्धवावा सहकारी स्थापना गरी सेवा सुचारु, बेलौरी बजार व्यवस्थापन समितिलाई उद्योग वाणिज्य संघ बनाउदा देखि अहिले तेस्रो कार्यकाल समाल्दै व्यावसायीको हितमा कार्य गरेको, सिमा पारी खजुरिया जाने बाटो बर्खायामा जान नसक्ने अवस्थामा भारतीय पक्षहरुसंग सल्लाह गरेर माटो पारीबाट मागेर आवतजावत सजिलो पारेको, बेलौरीमा यहाँका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै अक्सीजन प्लान्ट खोल्नमा सहकार्य गरेको, कलुवापुर सडक, हुलाकी सडक, कृषि सडक, लगायत विभन्न सडक खण्ड निर्माणका लागि सम्वन्धित निकायलाई बारम्वार ताकेता गर्दै खवरदारीका साथ विकास निर्माण संगैं क्याम्पस लगायत विभिन्न समाजिक संस्थामा बसी सामाजिक सेवा गरेका साउद थप यस क्षेत्र विकसका निम्ति ससाना एजेण्डा, मुद्धा लिएर समाजिक सदभाव, इमान्दारिता, सहयोगी, सामाजिक अभियान्ता तथा व्यवसायीकर्मी साउद चुनावमा होमिएका छन् ।

विगत लामो समय देखि कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासी कार्यमा आफ्नो ब्याक्तिगत सहोग गर्दै आएका बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका साउदले विकासका हिसावले अन्य निर्वाचन क्षेत्र भन्दा उपेक्षा र विभेदमा परेको आफ्नो निर्वाचन क्षेत्र, उपेक्षामा परेका समुदाय बढी भएकोले यी समस्या समाधानका लागि स्वतन्त्र भएर उम्मेदवार रहेको जनाए । साउद बेलौरी निवासी हुनु अहिले कञ्चनपुर क्षेत्र नं. १ “ख” बाट प्रदेश सदस्यका स्वतन्त्र उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित