कञ्चनपुरमा सरकारी साधनको चरम दुरुपयोग गरेको भन्दै रास्वपा नेता कार्यकर्ता उत्रिए रोक्न

कञ्चनपुर, माघ १२ राष्ट्रिय स्वतन्त्र पाटी(रास्वपा) कञ्चनपुरले जिल्लामा सरकारी सवारी साधनको दोहन भईरहेको भन्दै नियन्त्रणमा नेता कार्यकर्ताहरु उत्रिएका छन ।

सत्ता विपक्षी दल रास्वपाले जिल्लामा सार्वजनिक विदाका दिनमा पनि सरकारी सवारी साधन दोहन भईरहेको भन्दै नियन्त्रणमा लिएका हुन । शनिबार पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत दैजी क्षेत्रमा रास्वपा नेता कार्यकर्ताहरुले सरकारी साधन रोक्दै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

रास्वपा कञ्चनपुरका सभापति पदम विष्टले काँग्रेस, एमाले नेतृत्वको सरकारका पालामा झन बेतिथि बढेको भन्दै सरकारले नियन्त्रण गर्न जाँगर नदेखाएपछि आफुहरुले रोकेको बताए ।

‘सार्वजनिक विदाका दिन सरकारी कामकाज भन्दा निजी एव पाटीगत काम मनोरञ्जनका लागि सरकारी सम्पत्तीको एकातिर ईन्धन अर्कातिर सवारी साधन दुरुपयोग गरेको पाईयो, ‘उनले भने, ‘यो पनि एक भ्रष्टाचार नै हो, अब सरकारले नियन्त्रण नगरेपछि हामीले नै रोकेर सरकारलाई बुझाए ।’ उनका अनुसार निजामती कर्मचारी सहित सासंद, पुर्वमन्त्रीसम्मले सवारी साधन दोहन गरेका छन । दर्जनौँ सवारी साधन नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित