बेलडाँडी नेपाली काँग्रेसको १०० दिने अभियान र गाउँ सम्मेलन सम्पन्न

बेलडाँडी । नेपाली काँग्रेस बेलडाँडीले १०० दिने विशेष अभियान र गाउँ सम्मेलन कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।

नेपाली काँग्रेस बेलडाँडीका सभापति गज बहादुर बिष्टको सभापतित्वमा शुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट रहेका थिए भने बिशिष्ट अतिथिमा नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उप सभापति तथा बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाका साथै जिल्लाकार्यसमितिका पदाधिकारीहरू, क्षेत्रीय, केन्द्रीय महासमितिका सदस्यहरू लगायत पार्टीका नेता कार्यकर्ता रहेको थिए ।

कार्यक्रममा सहिद परिवारका सदस्यहरूलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । यसले उनीहरूको योगदान र साहसको कदर गर्दै समाजका अन्य सदस्यहरूलाई पनि प्रेरित गर्ने विश्वास ब्यक्त गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दिवान सिंह बिष्टले पार्टीको ऐतिहासिक संघर्ष र नेपालको समाज र राजनीति सुधारमा काँग्रेसको योगदानलाई स्मरण गराउँदै भने, “नेपाली काँग्रेस सधैं देश र जनताको हितमा काम गर्दै आएको पार्टी हो । पार्टी कुनै एक व्यक्ति विशेषको पार्टी नभई, नेपाली जनता र बिपिको समाजवाद सिद्धान्तबाट निर्देशित पार्टी हो ।“

उनले काँग्रेसको उद्देश्यलाई स्पष्ट गर्दै पार्टीका सबै सदस्यलाई एकता र सहकार्यको साथ आगामी योजनामा सहभागी हुनको लागि आह्वान गरे । पार्टीको नीति, सिद्धान्त र योजनामा सबैको समावेशी सहभागिता आवश्यक रहेको बताएका बिष्टले, कांग्रेसले देशको समृद्धि र सामाजिक न्यायका लागि निरन्तर काम गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।

यस कार्यक्रमले नेपाली काँग्रेसका सदस्यहरूलाई एकजुट गर्दै आगामी चुनाव र सामाजिक कार्यहरूमा प्रेरित गरेको छ । साथ साथै, यो सम्मेलनले पार्टीको भविष्यको कार्यदिशा र लक्ष्यहरूको बारेमा नयाँ उत्साह र आत्मविश्वास जगाएको जनाइएको छ ।

यस कार्यक्रममा पार्टीका कार्यकर्ताहरूका बीच थप एकता र सहकार्यको भावना उत्पन्न भएको छ, जसले आगामी दिनहरूमा नेपाली काँग्रेसको सक्रियता र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित