भूमि आयोग कञ्चनपुरका अध्यक्ष पन्तद्वारा पदभार ग्रहण, जनताको समस्या समाधान गर्ने प्रतिबद्धता

कञ्चनपुर, माघ १४ । भूमि सम्बन्धी समस्या समाधानका लागि गठित भूमि आयोग कञ्चनपुरका नव नियुक्त अध्यक्ष नेत्र प्रसाद पन्तले सोमबार पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहण कार्यक्रममा अध्यक्ष पन्तले विगतका आयोगले गरेका कामको स्वामित्व ग्रहण गर्दै भूमि समस्या समाधानमा आफू प्रतिबद्ध रहने प्रतिज्ञा व्यक्त गरे। “अब यो आयोग अन्तिम हो, हामी समस्या समाधान गरेर जनतालाई जमिनको मालिक बनाउने काममा जुट्नेछौं,” उनले भने। अध्यक्ष पन्तले सरकारले दिएको जिम्मेवारी निर्भिकताका साथ पूरा गर्ने प्रण गरेका छन्।

पदभार ग्रहण समारोहमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले जनअपेक्षा अनुरूप कार्य सम्पादन गर्न सुझाव दिएका थिए।

कार्यक्रममा नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्ट, युवा नेता बचन सिंह, रविन्द्र कुँवर, कल्पना चौधरी, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, विभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति थियो।

अध्यक्ष पन्तको नेतृत्वमा भूमि आयोग कञ्चनपुरले जनताको लामो समयदेखिको समस्या समाधान गर्न ठोस कदम चाल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित