तेस्रो लालझाडी अध्यक्ष कप फुटबल प्रतियोगिता सुरू, युवाका २० र भेट्ररानका ८ टिमको सहभागिता

विकास महता/कञ्चनपुर । कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को भव्य उद्घाटन भएको छ । “हाम्रो सामुहिक गोल, लागू पदार्थ दुव्र्यसनको अन्त्री“ भन्ने मुल नाराका साथ इटाहा चारपाते युवा क्लब, देखतभुलिको खेलमैदानमा लालझाडी गाउँ खेलकुद समितिको आयोजनामा आज बुधवार प्रतियोगिता सुरू भएको हो ।

प्रतियोगितामा युवा तर्फ २० टिम र भेट्रान तर्फ ८ टिम को सहभागिता रहेको थियो । नकआउट आधारमा खेलाइने प्रतियोगिता मैत्रीपूर्ण खेलसँगै उद्घाटन गरिएको हो । कार्यक्रममा लालझाडी गाउँ खेलकुद समितिका अध्यक्ष प्रकाश रानाको अध्यक्षतामा प्रमुख अतिथि गाउँपालिका प्रमुख निर्मल राना रहेका थिए भने विशिष्ट अतिथिका रूपमा नेकपा एमालेका युवा नेता वचन सिंहको उपस्थित थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख निर्मल रानाले युवालाई खेलकुदप्रति आकर्षित गर्न र खेलाडीहरूलाई आवश्यक अवसर प्रदान गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्ने बताए ।
“खेलकुदले अनुशासन, स्वास्थ्य र सामाजिक एकता मजबुत बनाउँछ । लालझाडी गाउँपालिका खेलकुद विकासमा प्रतिबद्ध छ र यस्ता प्रतियोगिताहरूलाई निरन्तर प्रोत्साहन गर्नेछ,“ प्रमुख अतिथि रानाले भने ।

यस्तै कार्यक्रमका अध्यक्ष तथा लालझाडी खेलकुद समिति अध्यक्ष प्रकाश रानाले स्थानीय स्तरमा प्रतिभावान खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता अभिवृद्धि गर्न खेकुल समिति लागिपरिरहेको जनाउनु भयो । उनले कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने प्रति आभार व्यक्त गर्दै पालिकालाई विभिन्न विद्याका खेल गराउनु बजेटको विनियोजन गरिदिन माग समेत गरे ।

वडा न.५ वडा अध्यक्ष पहल बहादुर थापाले स्वागत मन्तव्य राख्दै खेलकुदमा अनुसासित ढंगले खेलाडीले खेल खेल्दै गरिमामय बढाउने हुने र प्रतियोगिता आयोजनामा प्रायोजन र सह प्रायोजन गर्ने सम्पुर्ण लाई धन्यवाद समेत दिनु भयो ।

उद्धघाटनको पुर्व सन्ध्यामा लालझाडी गाउँपालिका कर्मचारी जनप्रतिनिधि र लालझाडी गाउँ खेलकुद समिति बीच भएको प्रतिस्पर्धात्मक मैत्रीपूर्ण खेलमा लालझाडी गाउँ खेलकुद समितिले ३–० गोलले लालझाडी गाउँपालिका कर्मचारी जनप्रतिनिधि हराएको थियो। प्रतियोगिताको उद्धघाटन खेल युवा तर्फ लालझाडी –२ कञ्ज र न्यू प्रगतिशील युवा क्लब बिच भएको खेलमा लालझाडी –२ कञ्ज टिमले ४–० गोलको अन्तरले प्रगतिशील युवा क्लब लाई हराउदै पहिलो जित निकालेको छ। भने उद्धघाटन खेलका म्यान अफ दि म्याच लालझाडी –२ कञ्जका जर्सी नम्बर ११ का नवीन थापा घोषित भए ।

प्रतियोगिताको दोस्रो दिन माघ १७ गते हुने पहिलो खेल लालझाडी –५ पहिलो र बेलडाँडी गाउँपालिका –१ बिच दिउँसो १ बजे, दोस्रो खेल लालझाडी–५ निलो र लालझाडी–६ चानदेव बिच दिउँसो ३ बजे हिने छ। भने भेट्रान तर्फ पहिलो खेल लालझाडी –४ र कृष्णपुर नगरपालिका–२ बीच बिहान ११ बजे हुने छ ।

प्रतियोगिताका मुख्य प्रवद्र्धक लालझाडी गाउँपालिका, इटाहा चारपाते युवा क्लब, र लालझाडी गाउँपालिका वडा नम्बर ५ कार्यालय रहेका छन् । तेस्रो संस्करणका विजेताले १ लाख २१ हजार १ सय २१ रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र मेडल प्राप्त गर्नेछन् भने उपविजेता टिमले ७१ हजार १ सय ७१ रुपैयाँ, ट्रफी, प्रमाणपत्र, र मेडल हात पार्नेछन् ।
प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कारको घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित