महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन, सुदूरपश्चिम प्रदेशको अध्यक्षमा ईन्जिनियर महादेव जोशी चयन भएका छन्।
हिजो बिहीबार महेन्द्रनगरमा सम्पन्न ऐतिहासिक दोस्रो प्रदेश अधिवेशनबाट जोशीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
एमाले कञ्चनपुर पार्टी कार्यालयको माथिल्लो तलास्थित मदन आश्रित हलमा आयोजित अधिवेशनमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यता, एमाले पोलिट्ब्यूरो सदस्य तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल प्रमुख वक्ता लगायतको उपस्थितिमा अधिवेशन शुरू भएको थियो ।
यसअघि महासचिवका रूपमा सक्रिय भूमिका निर्वाह गरेका जोशी हाल वेदकोट नगरपालिकामा ईन्जिनियर पदमा कार्यरत छन् । संगठनमा लामो अनुभव भएका जोशीले निजामती कर्मचारीका हकहितका लागि निरन्तर काम गरिरहेका छन् ।
जोशीको नेतृत्वमा गठित प्रदेश कार्यसमितिमा उपाध्यक्ष महेश्वरी बिष्ट र बालकृष्ण जोशी चयन भएका छन् । महासचिवमा धर्मराज चौधरी, सचिवहरू लक्ष्मण दत्त भट्ट, झलक दौल्याल, विष्णु प्रसाद जैसी, कोषाध्यक्षमा रुपक खड्का चयन भएका छन् ।
सदस्यहरूमा गोबिन्दी लोथ्याल, अनुजा कुमारी जोशी, रामसिंह धामी, जनकराज कलौनी, लोकेन्द्र प्रसाद भट्ट, कर्ण प्रसाद जैसी, अनिल बिष्ट, चानुराम राना, नयनराज साउद, नरराज पाण्डे, धौले सार्की, प्रेमबहादुर बिक, कृष्णबहादुर कार्की चयन भएका छन् ।
यस्तै लेखा समिति संयोजकमा रामबहादुर राना तथा सदस्यहरू महेशसिंह बडु र सन्तोष कुमार भण्डारी सर्वसम्मत चयन भएका छन् ।
संगठनको नयाँ नेतृत्वले सुदूरपश्चिमका निजामती कर्मचारीको अधिकार रक्षा र संगठन सुदृढीकरणमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ ।
Discussion about this post