जनप्रिय नेता तारालामा तामाङ चुनावी मैदानमाः स्थानीय भन्छन्, ठुलो आशा पलायो !

बेलडाँडी,
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नं १ बाट जनप्रेमी नेता तारालामा तामाङ चुनावी मैदानमा होमिएका छन् । ०७४ सालमा भएको निर्वाचनमा कञ्चनपुर क्षेत्र नं १ को (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बनेका नेता तामाङ यस पटक संघिय निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।

विद्यार्थी राजनीतिबाट उदीयमान जुझारु नेता हुन् तारा लामा तामाङ । पुनर्वासका तामाङ आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा कञ्चनपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । उनी सत्ता गठबन्धनले बनाएको तटवन्धनलाई सजिलै परास्त गर्न सक्ने एमालेका बलिया उम्मेदवार हुन् । प्रदेशका पूर्वअर्थमन्त्री समेत रहेका तामाङ प्रभावशाली नेताको रुपमा परिचित छन् ।

सधैं गरीब, निमुखा र आवाजबिहीनहरुको आवाज बुलन्द गर्ने उनी इमानदार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन् । जनताका कामप्रति सधैं दत्तचित्त रहने उनी स्वच्छ छवि, कुशल नेतृत्व र लोकप्रिय नेताको रुपमा जनतामाझ चिनिन्छन् । राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने तामाङ यस क्षेत्रको विकासमा अहोरात्र खट्ने वचनवद्धता गर्दछन् ।

संघिय निर्वाचनका उम्मेदवार तामाङ आफ्नो निर्वाचन क्षेत्र भित्रका जनतामा के कस्ता समस्या छन् ? उनीहरुमा कस्तो किसिमका आवश्यकता छ ? ध्यान दिनुपर्ने कुराहरु के छन् ? लगायतका कार्यहरु बुझ्न तामाङ गाउँ बस्तीमा हाल पुग्ने गरेका छन् । चुनाव जितेर गइसकेपछि सिन्को समेत नभाच्ने आरोप लागेका नेताको विकल्पमा जनताले तामाङलाई रोजेपछि एमालेले तामाङलाई नै टिकट दिएको हो । जनप्रिय इमान्दार नेताका रुपमा चिनिने उनी सबैपार्टीका नेता कार्यकर्ताहरुका लागि समेत प्रिय पात्र हुन ।

नेता तामाङ विकास निर्माणका काममा मात्र नभएर सामाजिक तथा अन्य व्यक्तिगत सहयोगका कारण पनि लोकप्रिय बन्न सफल भएका हुन् । काम गर्ने सरल शैली र स्थानीयमा गर्ने प्रस्ट व्यवहारका कारण पनि तामाङलाई स्थानीयहरु आशा र भरोसाका रुपमा लिने गर्दछन् ।

जनआवश्यकता अनुसारका काम र आफूले बनाएका योजनामा नेता तामाङ मन, बचन र कर्मले निकै ध्यानपूर्वक लाग्ने गरेको स्थानीयहरु जनाउँछन् । काम गर्ने फरक शैलीका कारण जनमानसको ध्यान उनीप्रति तानेको हो ।

तामाङ क्षेत्र नं १ को उम्मेदवार बनेसँगै उनको क्षेत्रका जनतामा ठुलो आसा पलाउन थालेको छ । लामो समयदेखि बन्न नसकेका कामहरु आगामी निर्वाचन पछि उम्मेदवार तामाङले सम्पन्न गर्नेछन्, भन्दै स्थानीयहरु उत्साहित बनेका हुन् ।

चुनावी मैदानमा रहेका नेता तामाङ निर्वाचनलाई भड्किलो र खर्चिलो नबनाउने पक्षमा छन् । यति मात्र नभएर चुनावी खर्च बचाएर विकास निर्माणका कार्यमा प्रयोग गर्ने उनको तयारी छ ।

 

लामो समयदेखि कञ्चनपुरमा रहेर निरन्तर सामाजिक तथा राजनीतिक काम गर्दै आएका जनप्रेमी नेता तामाङ सबैले रुचाएका नेताको रुपमा स्थापित भई सकेका छन् । प्रस्ट भिजन र स्पष्ट काम गर्ने शैलीको कारण पनि उनी प्रति जनताहरू विश्वस्त छन् । विकास प्रेमी नेता भएका कारण पनि उनले जनतामाझ मत माग्दै हिँड्नुपर्ने स्थिति नभएर तामाङलाई मत दिनुपर्ने कुरामा यस क्षेत्रका जनता आफै सचेत रहेको जानकारहरू बताउँछन् ।

 

कञ्चनपुरको भूगोल बुझेका नेता तामाङले निर्वाचित बनेपछि युवाहरूको जोस जाँगर र क्षमतालाई उचित प्रयोग गर्दै पुँजीमा परिणत गर्ने तयारीका साथ अघि बढेका छन् । गठबन्धनका तर्फ खानेपानी मन्त्री विना मगर प्रतिस्पर्धामा छन् । मगर ३ बर्ष मन्त्री र ५ बर्ष सांसद हुदा समेत यहाँका अधिकांस जनता खुसी देखिदैनन् ।

काग्रेस शुभचिन्तक र कार्यकर्ता के भन्छन् ?

राजनीतिक समीकरण फेरबदल भएपछि त्यतिवेलाका प्रतिस्पर्धी कांग्रेसका दिवानसिंह विष्ट अहिले मगरका सहयात्री बनेका छन् । अहिले कांग्रेस र माओवादीबीच चुनावी गठबन्धन बनेको छ । ठुला नेताहरुले आफु र आफ्नालाई सेफ गर्नका लागि गठवन्धनको नाममा फेरी विना मगरलाई अघि सारेको आरोप लागेको छ । यो सबै यस क्षेत्रका कांग्रेस नेता कार्यकर्ताले राम्रो संग बुझेका छन् । तर पार्टीको निर्देशनलाई मान्नु पर्यो भन्ने हिसावले मत होइन मुख च्याप्न बाध्य भएका छन् ।

कतिपय कांग्रेस कार्यकर्ता भन्छन् मगरद्धारा आफ्ना नेताहरुको टाउँको फुटाएको घटना अझै आखाँमा झलझली आइरहेको छ । के कति कारणले नेताको टाउँको फुटाएका थिए ? हामीले तत्कालिन खानेपानी मन्त्री मगरलाई के का लागि कालो झण्डा देखाएका थियौं र उनले के कुरामा सुधार गरे ? अहिले उनका लागि मत कसरी माग्ने ? त्यो न्याय हाम्रा नेता कार्यकर्ताले पाएकै छैन कसरी सहयोग गर्ने होला ? या नेताहरुले भन्नु पर्यो हामीले देखाएको कालो झण्डा वाक्यमा गलत थियो । यो कुरा जनतालाई किलियर नगर्दा भोट माग्न जादा विभिन्न समस्या आउन थालेको ति नेताकार्यकर्ता बताउछन् ।

गठवन्धन भएकै कारण हामीहरुले हसिया हतौडामा भोट दिनुपर्छ भन्दा मतदाताहरु हास्ने गर्छन र तुरुन्त सवाल गरिहाल्छन् तपाईलाई रुखमा भोट चाहिएको हो भने भन्नुस् अरुको ठेक्का नलिनुस् भन्ने जवाफ मतदाताहरुबाट आउने गरेको उनीहरु बताउछन् । निर्वाचन जितेर गए पश्च्यात जनताका पक्षमा कामगर्नुको साठो यस क्षेत्रमा फर्केर समेत नर्हेने नेतालाई भोट माग्ने हो भने पार्टीको समेत पतन हुने नेता कार्यकर्ताहरुको बुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित