कञ्चनपुर, माघ २३ । कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार(विद्यालय भवन) बन्ने भएको छ ।
भारतीय दुताबासले बेदकोट नगरपालिका ९ सुन्दरपुरमा रहेको उदय माध्यामिक विद्यालयमा ५करोडको पूर्वाधार(विद्यालय भवन) बनाउन सहयोग गर्ने भएको छ ।
बेदकोट नगरका मेयर भोजराज बोहराले नगरका सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि पूर्वाधार निर्माण गर्न दुताबासमा उदयदेव मावि र शारदा मावि दुई विद्यालयको प्रपोजल पेश गरेको बताए ।
‘हामीले दुई विद्यालयको प्रपोजल पेश गरेका थियौँ, ‘मेयर बोहराले भने, अहिले दुताबासले उद्यदेवको प्रपोजल स्वीकार गरेको छ ।’ दुताबासको कुल बजेटको १० प्रतिशत नगरपालिकाले समेत हाल्ने मेयर बोहराले बताए ।
Discussion about this post