स्वतन्त्र उम्मेवादर साउद चुनावी प्रचारमा

33
VIEWS

बेलडाँडी,
आमामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदका लागि हुने निर्वाचनमा कञ्चनपुर क्षेत्र नं.१ “ख” प्रदेश तर्फका स्वतन्त्र उम्मेवार टेक बहादुर साउदले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएको छ ।

साउद चुनाव चिन्ह लालटिन लिएर प्रचारमा सक्रिय हुँदा सयौं युवाले साथ दिएका छन्। प्रदेश “ख” बेलौरी बेलडाँडी क्षेत्रबाट स्वतन्त्र उम्मेदवार साउद सहित ८ जना चुनावी मैदानमा होमिएका छन् ।

पार्टीले बनाएका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार साउदसंग विकास योजना भएको भन्दै स्थानीयहरु भित्री या बाह्यरुपमा साउदलाई चुनावी प्रचारमा साथ दिएका छन्। फरक ठाउँमा भोट गरेर विकासको नयाँ ढोका खोल्नुपर्नेमा युवाजमात एकढिक्का बन्दै गएका छन् ।

 

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

लोकप्रिय समाचार