दोधरा चाँदनी, कञ्चनपुर– भारतीय पक्षको दादागिरीका कारण दोधरा चाँदनी क्षेत्रका स्थानीयवासी आतंकित भएका छन् । हालै सिमा रेखांकनका क्रममा नेपाली भूमिको केही भाग भारततर्फ परेको र केही भारतको कब्जामा रहेको भूभाग नेपालतर्फ आएको पाइएपछि स्थानीयमा त्रास फैलिएको छ।
नेकपा बहुमत पार्टीका व्युरो ईन्चार्ज डिडि पाण्डे नेतृत्वमा गरिएको सिमा अनुगमन टोलीले भारतले सिमा निर्धारण गर्दा नेपालको प्रशासनसँग समन्वय गर्नुपर्ने आवश्यकता औंल्याएको छ। अनुगमनपछि नेकपा बहुमतका युवा नेता दिपेन्द्र ऐरीले नेपाल प्रशासन जिम्मेवार बन्नु पर्ने बताएका छन्।
“बारम्बार सीमांकनका नाममा स्थानीय जनतालाई त्रसित पार्ने कार्य बन्द हुनुपर्छ,“ ऐरीले भने। उनले भारतीय पक्षको ज्यादती तत्काल रोक्नुपर्ने माग गर्दै नेपाल सरकारले ठोस पहल गर्नुपर्ने बताए ।
केही दिनअघि दोधरा चाँदनी नगरपालिका–८ मा भारतीय पक्षले नेपाली जग्गा खनजोत गरेपछि विवाद उत्पन्न भएको थियो । सो घटनाले सबैको ध्यान तानेको छ भने स्थानीय प्रशासन र नेपाल सरकारबाट आधिकारिक धारणा आउन बाँकी छ।
Discussion about this post