पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडक निर्माण हुदै

बेलडाँडी– बेलडाँडी गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडक निर्माणमा जोड दिएको छ ।

पालिकाले सडक निर्माणका लागि सडकको नक्सा भित्र पर्ने घर टहरा वा संरचना हटाउन १५ दिने र त्यसपछि ७ दिने अन्तिम सूचना जारी गरेको छ ।

बेलडाँडी गाउँपालिका प्रमुख हरिश्चन्द्र रानाले चवन्नी बजारको सडक नक्सा अनुसार निर्माण गर्नका लागि गत वर्ष चवन्नी बजारका बहुमत व्यापारीहरूको हस्ताक्षर प्राप्त गरेपछि पालिकाले योजनामा आधारित काम अघि बढाएको छ ।

व्यापारीहरूले दिएको समर्थन र विभिन्न व्यक्तित्वहरूको सहयोगका कारण बजेट पनि प्राप्त भएको थियो । जनताका मागलाई ध्यानमा राख्दै पालिकाले उक्त सडकका लागि नक्सा अनुसार मार्ग खोल्ने निर्णय गरेको थियो ।

सडक निर्माणको क्रममा केही घर र टहरा हटाउनुपर्ने भएपछि पालिकाले १५ दिने र त्यसपछि ७ दिने अन्तिम सूचना जारी गरेको छ । यस प्रक्रियामा केही व्यक्तिहरूले नक्साको मार्ग पहिचान नगरी संरचना बनाएका थिए, जसको कारण ती संरचनाहरू भत्किने भएका छन् । यसले प्रभावित व्यक्तिहरूलाई पीडामा पुर्याएको छ ।

पालिका प्रमुख रानाले भने बेलडाँडी गाउँपालिका, वडा नं. २ स्थित चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडक निर्माणको क्रममा कसैको १ इन्च दर्ता जमिनमा बनेका संरचना या दर्ता जमिन मिचेर सडक विस्तार गरेको भए कानूनी कारवाही सहन तयार रहेको बताएका छन् । उनले भने, “विकासको क्रममा केही विनाश हुन सक्छ, तर यसमा पालिकाले चिन्ता प्रकट गरेको छ।” विकासी पालिकाका योजनामा सबैपक्षको साथ हुन जरूरी भएको भन्दै समग्र बेलडाँडीको भविष्यलाई हेरि योजना अघि सारेको बताउनु भयो ।

नक्सामा तोकिएको मार्गमा संरचना परेपछि, केही व्यक्तिहरू अहिले आएर सहमतिमा सडक खुलाउन आग्रह गर्न थालेका छन् तर सहमतिमा ब्यापारीहरू नआएपछि नक्साको बाटो खोल्ने निर्णयमा ब्यापारीहरू पुगेको चवन्नी बजार व्यवस्थापन समितिका अध्यक्ष ललित खत्रीले जानकारी गराउनु भयो । खत्रीले भने सधै झ्यास झ्यास भएर ब्यापारीले बाच्नु भन्दा एकैपटक नक्सा अनुसार सडक खुले सबैलाई ढुक्क हुने बताए ।

पालिकाले यो परियोजना चवन्नी बजारलाई कालिकाचि तालसँग जोडेर पर्यटन प्रवर्द्धनको अवसर सृजना गर्ने विश्वासका साथ अघि बढाएको छ। यो सडक विस्तारले बेलडाँडीको समग्र विकासमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ।

हरिश्चन्द्र रानाले आफूलाई केवल सक्षम र नि-स्वार्थ नेतृत्वको रूपमा मात्रै नभई, एक प्रतिबद्ध विकासवादी नेता पनि साबित गरेका छन्। शिक्षण पेशाबाट राजनीति क्षेत्रमा प्रवेश गरेका र उनले सधैं सहयोगी र निष्पक्ष भूमिका निभाएका छन्। उनका प्रयासले बेलडाँडी गाउँपालिकाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित