भूमि आयोग कञ्चनपुरले पूर्णता पाउँदै, काम अघि बढ्ने अध्यक्ष पन्तको प्रतिबद्धता

केशव थापा, कञ्चनपुर, फागुन १-भूमि समस्या समाधान आयोग कञ्चनपुरले पूर्णता पाएको छ। यसअघि अध्यक्ष मात्र नियुक्त गरिएकोमा अब विज्ञ सदस्यसहित आयोगका अन्य सदस्यहरू पनि मनोनीत भएसँगै आयोगले पूर्णता पाएको हो।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेत्र प्रकाश पन्तलाई अध्यक्ष नियुक्त गरेको थियो। अब आयोगमा विज्ञ सदस्य दिल बहादुर सिजाली, सदस्यहरू दिल बहादुर देउवा र कल्पना चौधरी नियुक्त भएका छन्। पन्त र चौधरी नेकपा एमालेबाट, सिजाली र देउवा नेपाली कांग्रेसबाट नियुक्त भएका हुन्।

नवनियुक्त सदस्यहरूले बिहीबार पदभार ग्रहण गरेका छन्। विज्ञ सदस्य सिजालीले आफ्नो अनुभवलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै भूमिहीन जनतालाई जमिनको मालिक बनाउने प्रतिबद्धता जनाए। दोहोरिएका सदस्य देउवाले पहिलेको अनुभवलाई प्रयोग गरी घर-घरमा पुगेर लालपुर्जा वितरण गर्ने बताए। महिला सदस्य चौधरीले भूमि अधिकारबाट वञ्चित जनतालाई अधिकार दिलाउने उल्लेख गरिन्।

अध्यक्ष पन्तले आयोगले पूर्णता पाएपछि अब तीव्र रूपमा काम अघि बढाइने बताउँदै, “यस आयोगलाई अन्तिम बनाउँदै जनताको समस्या समाधान गर्ने हाम्रो लक्ष्य हो,” भने।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भूमि आयोगले युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। यसअघि लालपुर्जा वितरणदेखि फारम संकलनसम्मका कार्य भएका थिए। करिब ६० हजार अव्यवस्थित बसोबासी, भूमिहीन दलित र सुकुम्बासीहरूले फारम भरेका थिए। आयोग पुनः सक्रिय भएपछि जनताले लालपुर्जा पाउने आशा गरेका छन्, तर सरकार परिवर्तन हुँदा उनीहरू निराश हुने अवस्था दोहोरिने चिन्ता पनि व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित