पूजा चौधरी, कञ्चनपुर, फागुन १- ३०औँ जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र कञ्चनपुरले जिल्ला तथा पालिका तहमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।
बिहीबार साँझ भीमदत्त नगरपालिका मदन चोकसहित सबै पालिका केन्द्रहरूमा दिप प्रज्वलन गरिएको हो। नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले भीमदत्त नगरपालिका, दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी र लालझाडी लगायतका स्थानमा कार्यक्रम सम्पन्न भएको जानकारी दिए।
नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया नेगीले जनयुद्धका सहिदहरूको स्मृतिमा दिप प्रज्वलन गरिएको बताइन्। पार्टीले जनयुद्धको मर्म अनुरुप दिवस मनाएको जनाएको छ।





















Discussion about this post