१०औं राष्ट्रिय खेलकुदः कञ्चनपुर पुरुष फुटबल टिम च्याम्पियन

कञ्चनपुर । धनगढीमा सम्पन्न १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिम प्रदेश स्तरीय छनौट प्रतियोगिता २०८१ मा कञ्चनपुर जिल्ला पुरुष फुटबल टिम च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजना गरिने १०औं राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको छनौट प्रतियोगितामा पुरुष फुटबलमा कञ्चनपुरले कैलालीलाई ३–० गोलको अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

महिला फुटबलतर्फ भने कैलालीले कञ्चनपुरलाई ३–१ को अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भयो । कञ्चनपुर महिला टिम उपविजेतामा सीमित रहँदै रजत पदक हात पार्न सफल भयो ।

कञ्चनपुर टिमका कप्तान करण पालले सेमिफाइनल खेलमा दुई पहेँलो कार्ड पाएपछि फाइनल खेल गुमाए पनि टिमलाई च्याम्पियन बनाउने सपना भने पूरा गरेका छन् । “धेरै समयपछि प्रदेश छनोटमा कञ्चनपुरले च्याम्पियन बन्न सफल भएको छ,“ कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताए ।

कञ्चनपुर पुरुष टिमका प्रशिक्षक भरत महताले पहिलो पटक जिम्मेवारी पाएका थिए । “मेरो जिम्मेवारी ठूलो थियो, तर खेलाडीको मेहनत र खेलप्रेमीहरूको सहयोगले सफल भयौं,“ उनले भने ।

कैलाली टिमले अघिल्ला प्रतियोगिताहरूमा कञ्चनपुरलाई हराउँदै आएको थियो। यस पटक भने कञ्चनपुरले ऐतिहासिक जित निकाल्दै कैलालीको वर्चस्व तोड्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित