नेकपा एमाले प्रचार विभागले कञ्चनपुरका पत्रकार महासंघ पदाधिकारीलाई सम्मान

कञ्चनपुर, फागुन २ – नेकपा एमाले प्रचार विभागले नेपाल पत्रकार महासंघ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ। कार्यक्रम शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित गरिएको थियो।

एमाले प्रचार विभाग प्रमुख जनकराज अवस्थीले समाजमा सूचना प्रवाह गर्ने सञ्चारकर्मीको उत्साहवृद्धि गर्न यस सम्मानको आयोजना गरिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि, एमाले केन्द्रीय सदस्य र संविधान सभा सदस्य कृपाराम रानाले संचारकर्मीहरूको भूमिका लोकतन्त्रको रक्षामा महत्त्वपूर्ण रहेको उल्लेख गरे। पूर्व सांसद डा. दीपक भट्टले संचार क्षेत्रमा सत्य र तथ्यपूर्ण सूचनाको महत्त्वमा जोड दिए।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिंह धामीले यस सम्मानले पत्रकारहरूको जिम्मेवारी थप गरेको बताए।

कार्यक्रमको सञ्चालन प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित